काठमाडौंको मेयरमा एमालेले सिफारिस गर्यो स्थापितदेखि पन्तसम्मको नाम
बिहीबार, ०१ वैशाख २०७९, २० : ११

एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको एमाले नेता कृष्ण राईले जानकारी दिए ।
उनका अनुसार मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु