शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा उपलब्ध गराउने कार्य भइसक्यो : मन्त्री श्रेष्ठ

बिहीबार, ०१ वैशाख २०७९, १९ : ०४
बिहीबार, ०१ वैशाख २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भूमिहीन दलित, सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको शुरुवात भएको बताएकी छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले यस कार्य अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाअन्तर्गतको मुसहर बस्तीमा दलित समुदायहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको पनि जानकारी दिइन् । मन्त्री श्रेष्ठले अनियन्त्रित खण्डीकरणको कारण कृषियोग्य जग्गा विनाश हुँदै गएको भन्दै यसको रोकथामको लागि भू-उपयोग नीति र भू-उपयोग ऐन, लागू भइ कार्यान्वयनमा आइसकेको र भू-उपयोग नियमावली पारित हुने चरणमा रहेको बताइन् ।

उनले नियमावली कार्यान्वयनमा आउँदा कृषि योग्य जग्गाको संरक्षण, सुरक्षित र व्यवस्थित बसोवास, वन, जंगल लगायत प्राकृतिक श्रोतको संरक्षण र विकास, विपद् जोखिम न्यूनिकरण जस्ता कार्यमा सहयोग पुग्ने पनि बताइन् । मन्त्री श्रेष्ठले आफ्नो स्वामित्वमा जग्गा रहेका तर लालपूर्जा नहूँदा सम्पतिको अधिकारबाट वञ्चित नागरिकलाई सहज र सरलरुपमा घरमै पुगेर जग्गाधनी पूर्जा वितरण गरेको पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप