शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भूमि मापनलाई अत्याधुनिक बनाउन सकिएन : नेता खनाल

बिहीबार, ०१ वैशाख २०७९, १८ : ५६
बिहीबार, ०१ वैशाख २०७९

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको दाबी गरेका छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले मापन गर्ने प्रक्रियामा विकास हुँदै गएको भएपनि मापन प्रक्रिया अझै अत्याधुनिक प्रविधिबाट हुन नसकेको बताए । पूर्व प्रधानमन्त्री खनालले नयाँ भूमिसुधार गर्न जरुरी रहेको भन्दै मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी रहेको बताए । पूर्व प्रधानमन्त्री खनालले देशले अत्याधुनिक प्रविधि भित्र्याएर नयाँ उचाइबाट मापन प्रणाली बिस्तार गर्नुपर्नेमा जोड दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप