पोखराका मन्दिरमा दर्शनार्थीहरूको भिड
नयाँ वर्षको पहिलो दिन आज पोखराको तालबाराही र बिन्दबासिनी लगायतका विभिन्न मन्दिरहरूमा दिनभर दर्शनार्थीहरूको भिड लागेको छ । फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू ताल बाराही मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।
दर्शनका लागि फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरहेको छ । ताल बाराही मन्दिर दर्शन गर्नाले मानिसहरुले इच्छाएको मनोकांक्षा पूरा हुने पुरानो मान्यताका कारण पनि दर्शनार्थीहरूको वर्षैपच्छिे भिड लाग्ने गरेको ताल बाराही व्यवस्थापन समितिको सदस्य हरिराज कोइरालाले बताए । उनले ताल बाराहीमा वैशाख १ गते मेला नै लाग्ने गरेकाले एकै दिनमा ५० देखि ६० हजारसम्मले दर्शन गर्ने आकलन गरिएको बताए ।
त्यस्तै, तालबाराही मन्दिरमा दर्शनार्थीहरुको भिड बढेपछि डुंगा व्यवसायीहरूलाई भ्याइनभ्याइ भइरहेको डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए । उनले फेवाताल तरेर मन्दिर जानको लागि डुंगा कम भएकाले थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोर दोहोर गराई रहेको बताए । कोरोनाले थलिएको डुंगा व्यवसाय मानिसको भिड मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरूको भिड बढेकाले व्यवसायीहरुलाई केहि राहत मिल अध्यक्ष नेपालीले बताए ।
त्यस्तै, पोखरामा १७ औं फेवा नव वर्ष सडक महोत्सव पनि बुधबार देखि सुरु भएको छ । फेवा नव वर्ष महोत्सव कोरोनाको कारण दुई वर्ष देखि रोकिएको थियो । दुई वर्ष पछि भएको पोखरा फेवा सडक महोत्सव अवलोकन गर्न जाने मानिसहरुको कारणले पनि तालबाराही मन्दिरमा नयाँ वर्षमा पूजा गर्ने दर्शनार्थीहरूको भिडको हो । ताल बाराही तथा पोखराका अन्य बिन्दबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा पोखरा सडक महोत्सवको कारणले पनि भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
-
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा