नुवाकोटे टाइगर बने हेविवेट च्याम्पियन
दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् ।
डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्राप्त गरेका छन् । त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन् । उनले नगद ४५ प्राप्त गरे ।
महिलातर्फको उपाधि टनुले जितेकी छन् । उनले आकृतीलाई हराएकी थिइन् । उनले ४० नगद प्राप्त गरिन् । ट्र्याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे ।
उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री प्रकाशशरण महतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)