‘ठूला पार्टीले देशलाई असफलताको बाटोमा धकेलिरहेका छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।
ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए । अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको बताए । उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरु आवद्ध रहेको उल्लेख गरे । भ्रष्टाचार विरोधीहरु आफ्नो पार्टीमा जोडिँदै गएका उनले बताए ।
अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरुलाई राप्रपामा प्रवेश गराएका हुन् । बिहीबारको पार्टी प्रवेश कार्यक्रममार्फत् चिकित्सक डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला र जिता बराल, पूर्व डिआईजी मन्दिप श्रेष्ठ, नेपाली काँग्रेसका महासमिति सदस्य रोहन राउत क्षेत्री लगायत राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म