निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाले दिए निवेदन
बिहीबार, ०१ वैशाख २०७९, १७ : ३०

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।
‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षककाे संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।
निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)