आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्धको असर कम गर्ने संयुक्त राष्ट्रसंघको आग्रह

बिहीबार, ०१ वैशाख २०७९, १६ : ४९
बिहीबार, ०१ वैशाख २०७९

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।

उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन् । यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र विशेषगरी विकासशील देशहरुमा यस्तो असर परिरहेको छ । कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा यस युद्धको असर भनेर सिर्जना गरिएको पनि उनले बताए ।

महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप