आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : बलिउड अभिनेता सोहेल खान

बिहीबार, ०१ वैशाख २०७९, १५ : १०
बिहीबार, ०१ वैशाख २०७९

बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।  बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’ 

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए ।  ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् । 

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो । 

जेठ १४ गते विहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप