चुनावमा विष्णु रिमालको हिसाब : एमाले ४०, गठबन्धन ६० !
काठमाडौं । विष्णु रिमाल नेकपा एमालेका केन्द्रीय पदाधिकारीमध्ये एक हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिव चुनिएका छन् । जिफन्टको अध्यक्ष हुँदै एमालेको राजनीतिमा उदाएका, इञ्जिनियरिङ पढेका नेता रिमाल पार्टीका कुशल योजनाकार एवं डाटाका आधारमा बोल्ने नेताका रुपमा समेत चिनिन्छन् ।
एमाले नेता रिमालसँग हामीले स्थानीय चुनावमा केन्द्रित रहेर निकै नै लामो अन्तरवार्ता गरेका छौं । एमालेले आगामी स्थानीय चुनावमा कुन स्थान पाउला ? टिकटका लागि एमालेभित्र विवाद छ कि छैन ? पार्टीले चुनावको तयारी कसरी गरिरहेको छ ? को–कोसँग, कसरी चुनावी गठबन्धन हुँदैछ ? एमालेका चुनावी एजेण्डा के हुन् ? कुन–कुन महानगर र उपमहानगरपालिका जित्ने एमालेको लक्ष छ ? र, निर्वाचन आयोगसँग भएको विवाद के हो ? यिनै विविध प्रश्न हामीले एमाले उपमहासचिव रिमाललाई सोधेका छौँ ।
एमाले उपमहासचिव रिमालले नेकपा एमालेको ०७४ सालको चुनावी नतिजा यसपालि पनि नघट्ने दाबी गरे । एमाले ठूलो दल नै रहने ठोकुवा गर्दै उनले एमाले एक्लैले ४० प्रतिशत मत ल्याउने र बाँकी ६० प्रतिशतभित्रबाटै पाँचदलीय गठबन्धनमा भागवण्डा हुने हिसाब सुनाए ।
देशभरिका ६ वटा महानगरपालिकामध्ये यसअघि दुईवटा जितेको एमालेले यसपटक बीरगञ्जसमेत थप्ने रिमालले सुनाए । काठमाडौंमा उपमेयर राप्रपालाई छाड्ने हो कि भन्ने प्रश्नमा मेयर–उपमेयर दुबै एमालेले नै लिने रिमालले स्पष्ट पारे । त्यस्तै, देशभरिका ११ उपमहानगरमध्ये पहिले जितेका धरानसहितका उपमहानगरपालिका जोगाउने उनले बताए । केपी ओलीको गृहनगर दमकमा गठबन्धनका सबै मिलेर आए पनि एमालेले नै जित्ने उनले दाबी गरे ।
प्रस्तुत छ, एमाले उपमहासचिव रिमालसँग स्थानीय चुनावको जोड–घटाऊमा केन्द्रित रहेर रातोपाटीका प्रधानसम्पादक अरुण बरालले गरेको विस्तृत कुराकानी –
शुरुमा यहाँलाई एउटा घटनाको स्मरण गराऔं । झापाको काँकडभिट्टामा एमालेका डिल्ली घिमिरेले रुँदै पार्टी छाडेको भिडियो भाइरल भएको छ । चुनावअघि नै माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरिसकेको अवस्थामा चुनावमा एमाले एक ढिक्का भएर अगाडि जान्छ भन्ने लागेको थियो । तर, यस्ता विवाद किन आइरहेका छन् ? के एमाले टिकटको अन्तरविरोधमा फसेको हो ?
प्रश्नका लागि धन्यवाद । पहिलो कुरा त एमालेको सैद्धान्तिक मान्यता, संगठनात्मक सिद्धान्तअन्तरगत हामी पदलकदमी, प्रतिस्पर्धा र श्रेष्ठताका आधारमा नेतृत्व भन्छौँ । जबज मानिसकेपछि हामीले नीतिमा पनि यही कुरा लागू गर्छौँ र व्यक्तिहरूको व्यवस्थापनमा पनि यही नै गर्छौँ । एमालेभित्र आन्तरिक प्रतिस्पर्धा हुनुपर्छ । हामी आन्तरिक प्रतिस्पर्धालाई मज्जासँग ठाउँ दिन्छौँ, अरूसित हामी बाह्य प्रतिस्पर्धा गर्छौँ ।
हाम्रो पार्टीले महाधिवेशनमा पहिचान गरेको एउटा समस्याचाहिँ के हो भने हामीभित्र संगठनात्मक अराजकता भयो । पहिले स्कुलिङ एक ढंगको थियो । पार्टी एकतापछि तीन वर्ष पार्टी निस्क्रिय रह्यो । किनभने, नेकपा कालमा हामीले कमिटी नै चलाएनौँ, जसले गर्दाखेरि फुटेर गएको माओवादी पार्टीमा पनि असर भएको होला । छ, छैन उहाँहरूले जान्ने कुरा हो, हाम्रोभित्र चाहिँ गतिशीलता अन्त्य भयो र पार्टी कमिटी निस्क्रिय भयो, त्यसले एउटा समस्या सिर्जना गरेको हो ।
प्रतिस्पर्धा हामीकहाँ हुन्छ । एकभन्दा बढी नै आकांक्षीहरू हुनुहुन्छ । तर, हामीले सबै साथीहरूलाई के भनेका छौँ भने आकांक्षा राख्नोस् तर चुनावमा टिकट प्राप्त गर्ने भनेको चाहिँ तपाईंको क्षमताका आधारमा हो । र, चुनाव भनेको जित्ने कुरा पनि हो । जो मान्छे चुनाव जित्छु भन्ने ढुक्क छ, व्यक्ति ढुक्क भएर भएन, जनता र कार्यकर्ताले के भन्छन् भन्ने कुरा पनि हुन्छ । त्यसैले स्थानीय कमिटीले जे निर्णय गर्छ र जे सुझाव दिन्छ, त्यसका आधारमा केन्द्रीय नेतृत्वले अगाडि बढाउने हो ।
झापाको यहाँले उठाउनुभएको विषय धेरै डिटेलमा मलाई थाहा छैन । त्यो खास केसका बारेमा मैले फलो गरेको छैन । तर, सामान्यता सिफारिसमा परेँ या परिनँ भनेर क्वाँ क्वाँ रुँदै छोडेर हिँड्ने चाहिँ त्यो कम्युनिस्ट पार्टीलाई सुहाउने कुरो होइन ।
गठबन्धनतिर चाहिँ निकै गाह्रो भइरहेको छ, बरु एमालेमा चाहिँ सर्वसम्मत बन्दै आयो भन्ने चाहिँ मैले बुझिराखेको छु । मूल प्रवृत्ति हाम्रो सर्वसम्मत नै छ । धेरै ठाउँमा प्रतिस्पर्धा पनि छ । प्रतिस्पर्धा होस् भन्ने चाहन्छौँ हामी ।
केही साथीहरू पदका लागि आकांक्षी हुनुहुन्छ, तर सबैले टिकट पाउनुहुन्न यो सत्य कुरा हो । टिकट पाउने साथीहरू खुशी हुनुहोला, हार्नुभयो भने उहाँहरू पनि दुःखी हुनुहोला । टिकट नपाउने साथीहरूले मेरो सारा संसार गयो भनेर सोचिरहन जरुरी नै छैन । धेरै ठाउँहरू छन् । अहिले राजकीय मामिलामा धेरै ठाउँ छन् । धेरै ठाउँ भएपछि पाइहाल्नुहुन्छ । यसमा चिन्ता लिनुपर्दैन भन्न चाहन्छु । अब एमालेभित्र टिकटको मारामार छ कि छैन त भन्ने कुरालाई मेरो यही भनाइले पुष्टि गर्छ होला । आन्तरिक प्रतिस्पर्धा हुन्छ, हामी प्रतिस्पर्धा गर्न दिन्छौँ । तर, गुट बनाउने र पाइएन भने छोडेर जाने तहको छैन । त्यस्तो भएको भए एमालेतिर मानिसहरूको यत्रो ठूलो आकर्षण हुँदै हुँदैनथ्यो । अहिले धेरै पार्टीका मानिसहरू आइरहनुभएको छ ।
धेरै ठाउँमा वडाध्यक्षका उम्मेदवारहरू चयन गर्ने सिलसिलामा सर्वसम्मत हुन नसकेको र प्रतिस्पर्धा भएका खबरहरू आइराखेका छन् । यसले चुनावका बेला आपसमै असन्तुष्टि विकास गर्छ कि गर्दैन ?
हामीले कम्तिमा एकजना महिलासहित तीनजनाको नाम पठाऊ भनेका छौँ । एकजना मात्रै पठाऊ भनेकै छैनौँ । कतिपय ठाउँमा साथीहरूले एकजना मात्रै गर्नुभो । त्यसमा हामीले जिस्काइरहेका छौँ, निर्णय गर्ने ठाउँ अन्तै छ, तपाईंँहरूले नै सर्वसम्मत भयो भनेर डिक्लियर गर्दिने ? हामीले के भनेका छौँ भने कम्तिमा एकजना महिलासहित तीनजनाको नाम पठाउनोस् । त्यसो हुँदाखेरि विवेक पुगेको रहेनछ भने, स्थानीय मूल्यांकनमा तलमाथि परेको रहेछ भने त्योभन्दा माथिल्लो कमिटीले त्यसमा ध्यान दिन्छ भन्ने नै कुरा हो ।
फेरि, टिकटको फाइनल गर्ने पनि हामीले तह निर्धारण गरेका छौँ । यहाँहरूले न्युज पनि दिनुभएको छ, हामीले महानगरको मेयर र उपमेयर केन्द्रीय नेतृत्वबाट गर्छौँ । त्यसका वडाध्यक्ष र सदस्यहरू प्रदेश तहले गर्छ । त्योभन्दा तल त जिल्ला र पालिकाहरूबाटै टुंगिइहाल्छ । अहिले त हामी सिफारिस मात्रै तलबाट गर्दैर्छौँ ।
आजसम्मलाई सिफारिसको चरण भनेका छौँ । त्यसपछि आएका नाममा हामी निर्णयमा जान्छौँ । निर्णयमा जाँदाखेरि एकभन्दा बढी आएका छन् भने साथीहरूसँग परामर्श गरेर टुङ्ग्याउँछौँ । यसमा खासै समस्या पर्छजस्तो लाग्दैन मलाई । यहाँहरूले हेर्नुभयो भने बरु गठबन्धनतिर चाहिँ निकै गाह्रो भइरहेको छ, बरु एमालेमा चाहिँ सर्वसम्मत बन्दै आयो भन्ने चाहिँ मैले बुझिराखेको छु । मूल प्रवृत्ति हाम्रो सर्वसम्मत नै छ । धेरै ठाउँमा प्रतिस्पर्धा पनि छ । प्रतिस्पर्धा होस् भन्ने चाहन्छौँ हामी ।
नेता र म्यानेजरका बीचमा भिन्नता छ भन्ने विषयमा कलेजमा पढाइ हुने गर्छ । नेतामा व्यवस्थापकीय क्षमता नहोला, तर उसले अपील गर्ने क्षमता बोकेको हुन्छ । जस्तो– एमाले अध्यक्ष केपी शर्मा ओली अहिले एकैदिन धेरैवटा कार्यक्रम भ्याइराख्नुभएको छ, जिल्ला–जिल्लामा गइराख्नुभएको छ । मानिसहरू पार्टी प्रवेश पनि गरिराखेको पनि देखिन्छ । तर, ओलीजीको जुनखालको ‘अपिलिङ’ छ, पार्टीभित्रको व्यवस्थापकीय काममा चाहिँ अरु नेताहरू सुतेजस्तो देखिराखेको छ । पार्टीभित्र व्यवस्थापकीय क्षमता भएको नेताका रुपमा परिचित तपाईं यसबारेमा के भन्नुहुन्छ ? एमालेमा खाली ओलीजीको ‘अपिलिङ’ मात्रै छ कि पार्टीका अरु अंग पनि चलेका छन् ?
त्यसो होइन । जिम्मेवारी अन्तरगत नै दौडिनुभएको छ । एउटा सत्य कुराचाहिँ के हो भने एमालेमा कमरेड केपी ओली र अरु साथीहरूबीचमा ग्यापचाहिँ छ । अध्यक्ष र अध्यक्षभन्दा तल रहनुभएका साथीहरूका बीचमा व्यक्तित्व र ‘कल्ट’ को पनि ग्याप छ । यसले गर्दा पनि मिडिया र बाहिरबाट हेर्दाखेरि खाडल देखिन्छ, यो स्वाभाविक हो ।
हिजो प्रचण्डजीसँग एउटै पार्टीमा रहँदा पनि दुईजनाका बीचमा त्यत्तिकै ग्याप देखिएको थियो । यद्यपि प्रचण्डजी कुनै समय हिंसात्मक द्वन्द्वबाट आएको ‘मिथिकल हिरो’ जस्तो हुनुहुन्थ्यो । त्यति हुँदा पनि केपी ओली र उहाँको बीचमा ग्याप देखिन्थ्यो । त्यसकारण केपी ओली टावरिङ फिगर भएकाले अरु नेताहरू तल ओझेलमा पर्नु एकदम स्वाभाविक हो । तर, अरु नेताहरूका सन्दर्भमा पनि दिइएको जिम्मेवारीमा काम भएको छ ।
बाहिर देखिनका लागि अध्यक्ष ओली कार्यक्रमहरूमा देखिनु स्वाभाविकै हो । उहाँ सबैभन्दा बढी सक्रिय हुनुहुन्छ । तर, भित्र हेर्नुहुन्छ भने हाम्रा कमिटीहरू एकदमै दौडिइरहेका छन् । अहिले एमालेमा ऊर्जाको पाटो पनि त्यही नै हो भन्ने लाग्छ ।
जस्तो– हामीले अहिले घोषणापत्र तयार गरिराखेको छौँ, त्यसमा ११ जना संलग्न छौँ । त्यसको अर्थ साथीहरू चुप लागेर बस्नु भएको त होइन । ७५३ वटै पालिकामा टिमले काम गरिराखेको छ । केन्द्रीय सदस्यहरू जो जिल्ला र पालिकाको इञ्चार्ज हुनुहुन्छ, उहाँहरू सबै केन्द्रित हुनुहुन्छ । त्यतिले मात्रै नपुगेर हामीले बुद्धिजीवीहरूको डेढ सय जनाको टिमलाई तल परिचालन गरेका छौँ ।
यहाँले सोधिहाल्नुभो, जानकारी पनि दिइहालौँ, हामीले एउटा फरम्याट तयार गरेका छौँ । घोषणापत्र भनेर हामीले तल घोषणापत्र बनाउँदैनौँ । तल के–के काम राम्रा गर्यौँ, हामीले कामका विवरणहरू संकलन गरेका छौँ । सँगसँगै हामीले के पनि गरिरहेका छौँ भने अब पालिकामा गएर के काम गर्ने ? त्यसको प्रतिबद्धता बनाउँदैछौँ ।
प्रतिबद्धता त्यत्तिकै नबनाउ भनेर हामीले साथीहरूलाई एउटा फर्म्याट दिएका छौँ । किनभने पहिले पो हामीले पालिकाले के काम गर्छ, थाहा पाएनौँ होला । अहिले त पालिकाले गर्ने सबै काम थाहा छ । घरको छेउको सिंहदरबार हो त्यो । विगतको खाल्डो छ भने त्यसलाई पुर्ने गरी हामीले काम गर्नुपर्यो । विगतमा राम्रै भएको छ भने त्यो भन्दा बढी प्रभावकारी ढंगले काम गर्नुपर्यो । प्रत्येक २२–२३ वटा शीर्षकमा हामीले काम गरेका छौँ । प्रत्येक शीर्षकमा के गर्ने ? हामीले प्रश्न राखेका छौँ । त्यसपछि हाम्रो सोचको पूरै चक्र बताइदिएका छौँ । त्यो चक्रभित्र सम्बन्धित पालिकामा जाने नेतृत्वले जनताका लागि के काम गर्ने ? र, कुन तरिकाबाट हामीले समाजवादको आधार तयार पार्न मद्दत पुर्याउने ? त्यो गर्नोस् भनेका छौँ । यो हिसाबले हेर्ने हो भने त अहिले कम्तिमा तीन हजार साथीहरू घोषणापत्र र प्रतिबद्धतापत्र तयार गर्न सक्रिय हुनुहुन्छ ।
त्यसो भएको हुनाले बाहिर देखिनका लागि अध्यक्ष ओली कार्यक्रमहरूमा देखिनु स्वाभाविकै हो । उहाँ सबैभन्दा बढी सक्रिय हुनुहुन्छ । तर, भित्र हेर्नुहुन्छ भने हाम्रा कमिटीहरू एकदमै दौडिइरहेका छन् । अहिले एमालेमा ऊर्जाको पाटो पनि त्यही नै हो भन्ने लाग्छ ।
पार्टीको प्रतिबद्धतापत्र कहिले आउँछ ?
बैशाख ९ गते । पार्टी स्थापना दिवसका दिन ७५३ वटै पालिकाहरूमा स्थानीय प्रतिबद्धतापत्र र केन्द्रमा घोषणापत्र जारी गर्छौँ ।
उम्मेदवारहरूको टुंगोचाहिँ कहिलेसम्म लगाइसक्नुहुन्छ ?
सामान्यतया त्योबेला (९ गते) सम्म त टुङ्गिएला । तर, हामी के गर्छौँ होला जस्तो लाग्छ भने ११ वा १२ गते छान्छौँ हामी । उम्मेदवारी दर्ता गर्ने दिनचाहिँ हामी घोषणा गर्छौँ । यद्यपि त्यसअघि घोषणा भएका नामहरू मिडियामा आइ नै हाल्छन् । औपचारिकरुपमा चाहिँ हामी नोमिनेसनकै बेला गर्छौँ होला ।
अहिलेको स्थानीय चुनाव मुद्दामा भन्दा व्यक्तिमा बढी केन्द्रित जस्तो देखिँदैछ । एजेण्डाचाहिँ छायामा परिराखेको छ । यहाँले घोषणापत्रको तयारी गरिराखेका छौँ भन्नुभयो, खासमा यसपालि एमालेको चुनावी एजेण्डा के हो ?
म यसलाई शृङ्खलामा भन्न चाहन्छु । सबैभन्दा पहिला हामीले संविधानलाई मानेका छौँ । संविधानले समाजवादउन्मुख राज्य व्यवस्था बनाउने भनेको छ । हामीले जनताको बहुदलीय जनवाद मार्फत् त्यसको पूर्ताल गर्न सक्छौँ भनेका छौँ । यसलाई हामीले बुझिने भाषामा के भनेर व्याख्या गर्न थालेका छौँ भने हामीले सोचेको समाजवाद भनेको समृद्ध नेपाल र सुखी नेपालीहरूको समाज व्यवस्था हो भनेका छौँ । त्यसपछि हामीले के भनेका छौँ भने हाम्रो लोकतन्त्र भनेको परिपूर्ण लोकतन्त्र हो । यसमा पाँचवटा ग्यारेन्टी जनताले पाउँछन् भनेका छौँ । योचाहिँ हाम्रो राजनीतिक मूल ‘थिम’ हो ।
हाम्रो अध्यक्षले त कतिसम्म भन्नुभएको छ भने, जहाँ हामीले जितेका छौँ, त्यहाँ सरकार चलाउँदा तपाईंले नाम लिएकै ठाउँमा पनि तपाईंहरूले गरेका सबभन्दा राम्रा काम के हुन् ? पालिकाका पाँच काम, वडाका तीनवटा काम, टोलको एउटा भन्नुस्, त्यसपछि अब गर्ने पाँचवटा राम्रा काम भन्नुस् । कुन शीर्षकको काम भएको छ ? किन राम्रो छ ? त्यसको जवाफ पनि जनतालाई दिनुपर्छ र त्यो हिसाबले चल्नुपर्छ एउटा त्यो भनेका छौँ ।
यही ‘थिम’सँग जोडेर कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, जम्मै विषयमा शृङ्खला बनाएका छौँ । स्वास्थ्यको कुरा गर्दा हामी निरोगी नेपाल भन्छौँ । त्यसका लागि जनस्वास्थ्यको अभियान गर्नुपर्यो । बिरामीको उपचारका लागि स्वास्थ्य वीमा गर्ने भनेका छौँ । ठूला अस्पतालमा उपचार गर्न वीमाको रकमले पुग्दैन, त्यसका लागि देशभरि नै आधारभूत अस्पतालहरू हुनुपर्छ भनेका छौँ । ३९६ वटा आधारभूत अस्पतालहरू एकैपटक शिलान्यास गर्नुको कारण त्यही थियो । यो स्वास्थ्य आवश्यकतालाई हाम्रो प्रत्येक पालिकाले ख्याल गर्नुपर्यो । जहाँ अस्पताल छ, त्यहाँ डाक्टर र विशेषज्ञहरू लैजानुपर्यो । यो हिसाबले कार्यक्रमहरू अगाडि लिएर जाऊ भनेर हामीले निर्देशन गरेका छौँ । यही हिसाबले हाम्रा प्रत्येक विषयमा एजेण्डाहरू छन् । कृषिमा हामीले कृषिको आधुनिकीकरण भनेका छौँ ।
हामीले दुई साता नेपालगञ्जदेखि विराटनगरसम्म तराई–मधेसको यात्रा गरेका थियौँ । त्यस क्रममा के देखियो भने स्थानीय तहमा राष्ट्रिय एजेण्डा भन्दा पनि उनीहरूका आफ्नै चुनावी एजेण्डा हुँदा रहेछन् । जस्तो– कोहलपुर नगरपालिकामा एमालेले तीन कार्यकाल स्थानीय तहको नेतृत्व गरेको रहेछ, त्यहाँ कमैया, सुकुम्बासी वा अव्यवस्थित बसोबासी भर्सेस एमाले नेतृत्वबीच विवाद रहेछ । तुल्सीपुर उपमहानगरपालिकामा एमालेका बहालवाला मेयरका छोराले सडक ठेक्का लिएर भ्रष्टाचार गरेको जनगुनासो व्यापक रहेछ । जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेबाट जितेका पीएचडीवाला मेयरको लोकप्रियता खस्किएको रहेछ । यसरी स्थानीय तहमा बेग्लाबेग्लै अन्तरविरोध र मुद्दाहरू देखिए । त्यस्ता ठाउँमा काठमाडौंबाट भइरहेको ‘होमवर्क’ले कसरी काम गर्ला ? तपाईंले भनेका एजेण्डाहरूले त्यसलाई सम्वोधन गर्छ ? तपाईं पार्टीको उपमहासचिव पनि हुनुहुन्छ, यस्ता विषयहरू तपाईंसमक्ष आइपुगेका छन् कि छैनन् ?
म फेरि स्पष्ट पार्न चाहान्छु । स्थानीय तहबाट बन्ने प्रतिबद्धतापत्र हामी केन्द्रबाट लेख्दै लेख्दैनौँ । यहाँबाट लेख्नु ठीक पनि हुँदैन । हामीले फर्म्याट बनाउन जो बुद्धिजीवीहरूलाई खटाएका छौँ, ती बुद्धिजीवी पनि जुन पालिकामा काम गर्नुभएको छ, उहाँहरू उपयुक्त हुनुहुन्न भनेका छौँ । पालिकाले गरेका कामबारे स्पष्ट नभएको व्यक्तिले दिने सुझाव भनेको काठमाडौंमा बसेर तल आदेश दिएजस्तै हुन्छ । सरकार यसरी चल्दैन । त्यसो भएकाले एजेण्डा सम्बोधन गर्दा जनताको भावनासँग जोडिएका कुरा प्रतिबद्धतापत्रमा राख्न स्थानीय तहबाटै बनाउनुस् भनेको हो ।
हाम्रो अध्यक्षले त कतिसम्म भन्नुभएको छ भने, जहाँ हामीले जितेका छौँ, त्यहाँ सरकार चलाउँदा तपाईंले नाम लिएकै ठाउँमा पनि तपाईंहरूले गरेका सबभन्दा राम्रा काम के हुन् ? पालिकाका पाँच काम, वडाका तीनवटा काम, टोलको एउटा भन्नुस्, त्यसपछि अब गर्ने पाँचवटा राम्रा काम भन्नुस् । कुन शीर्षकको काम भएको छ ? किन राम्रो छ ? त्यसको जवाफ पनि जनतालाई दिनुपर्छ र त्यो हिसाबले चल्नुपर्छ एउटा त्यो भनेका छौँ ।
दोस्रो कुरा, पहिला हामीले आफूलाई मन लागेको कुरा घोषणापत्रमा लेख्न पाउँथ्यौँ, अहिले त्यो स्वतन्त्रता छैन । किनभने, हामीलाई संविधान र कानुनले सीमा कोरिदिएको छ । त्यहाँ सरकार चलाउन जाने हो । सरकारको फ्रेमभित्र चल्नुपर्छ । एक हिसावले बजेट नै ल्याउने हो, बजेटको सीमा यति हुन्छ, खर्च नभएपछि यहाँ जम्मा हुन्छ, घाटा बजेट यसरी पूर्ताल गर्नुपर्ने हुन्छ । जेजे सीमा र सेट छन् त्यसैमा बाँधिनुपर्छ । यति गते बजेट माग्ने, यति समयमा फरफारक गर्ने भनेर सवै कुरा हाम्रो विधानले तोकिदिएको छ । त्यसकारण सोहीअनुसार काम गर्नसक्ने गरी काम र योजना बनाउनुस् भनेका छौँ । यस्तो अवस्थामा एजेण्डा कसरी आउलान् र प्रतिविम्बित होलान् भनेर नै त्यही काम गर्ने साथीहरूबाट सहज हुन्छ भनेर जिम्मेवारी दिने निर्णय गरेका हौँ ।
जहाँसम्म अन्तरविरोधको कुरा छ, सरकार र सरकारभन्दा बाहिरका बीचमा स्वाभाविकरुपमा अन्तरविरोध हुन्छ । त्यो केन्द्र, प्रदेश र स्थानीय तह सबैमा लागु हुन्छ । किनभने, सत्तासँग जनताको अन्तरविरोध हुन्छ–हुन्छ । त्यो अन्तरविरोधलाई तरिका पुर्याएर सम्बोधन गर्नसक्नुपर्छ । जनताले जे विषयमा असहमति जनाउनुभएको छ र ठीक छैन भन्नुहुन्छ भने त्यसलाई ठीकसँगले बुझाउनुपर्छ । बुझाउन सकिएन भने कहिले–कहिले लडिन्छ । जनताले भनेको कुरा सही हो भने विनम्रतापूर्वक स्वीकार्नुपर्छ, अरु उपाय नै छैन । सरकार चलाउने भनेको जनताको अभिमतबाट हो । जनताको भावनाविपरीत गएर हामी यसो गर्छौँ, त्यसो गर्छौँ भन्नुको अर्थ हुँदैन ।
त्यस्तो ठाउँमा उम्मेदवार चयन गर्दा पार्टीले सोच्छ होला नि ?
त्यो त पार्टीको निर्णय नै हुन्छ । हामीले उम्मेदवार चयन गर्दा ६ वटा बुँदालाई आधार मान्ने भनेका छौँ । जस्तै– पार्टी आन्दोलनप्रति निष्ठा हुनुपर्‍यो । दोस्रो– पहिले जितेका मान्छे हुनुहुन्छ भने उहाँहरू आफ्नो लोकप्रियता हेर्ने, जनताको गुनासो छ कि छैन त्यो हेर्ने, तेस्रो –जातीय क्षेत्रीय र समावेशिताको सन्तुलन हेर्नुपर्‍यो । चौथो कुरा– उसको क्षमता हेर्नुपर्छ । परफमेन्स देखाउन सक्ने क्षमता राख्छ कि राख्दैन ? मान्छे असल तर परफमेन्स गर्ने क्षमता राख्नुहुन्न भने भएन ।
दोस्रो पटक जित्ने मान्छे पार्टीको लगामभन्दा बाहिर गएर अराजक बन्छ कि ? उसलाई दोस्रोचोटि नदिने कि ? त्यो कोणबाट पनि छलफल भएको छ । दोस्रोचोटि जित्नेले त्यो भन्दा माथि जानु छ भनेर मरिहत्ते गरेर काम गर्छ कि ? त्यो पनि सोचिरहेका छौँ ।
सबैभन्दा महत्वपूर्ण, निष्ठा हुनुपर्‍यो, भ्रष्ट हुनुभएन । घरघरमा सिंहदरबार भनेका छौँ, सबभन्दा जनतालाई प्रभाव पार्ने त्यही स्थानीय सरकार हो । पहिला पालिकाहरूमा पैसा हुँदैनथ्यो, माथिबाट पठाइएको केन्द्रीय बजेट जान्थ्यो, खर्च भएन भने फर्केर आउँथ्यो । अहिले त अन्तःशुल्क र मूल्य अभिवृद्धिसहित तोकिएकै प्रतिशतमा पैसा पठाउनुपर्छ । एउटा पालिकामा ४२ करोडसम्म प्राकृतिक स्रोतको रोयल्टी प्राप्त हुने पनि छ । कम्तीमा २० करोड चलाउने पालिका पनि छन् । साना ७५३ वटा सरकारहरूलाई त्यही ढंगले चल्नलाई हामीले बल पुर्याउनुपर्छ । हाम्रो पार्टीले अटेरीरुपमा चल्ने, जनताको भावना विपरीत काम गर्ने र जनहितविपरीत अभिव्यक्ति दिने मानिसलाई लगाम लगाउनुपर्छ पनि भनेको छ ।
उम्मेदवार छनोटको मापदण्डकै कुरा गर्दा सबैजसो दलहरूमा अर्को पार्टीबाट माला लगाएर भित्र्याउने अनि टिकट दिने पात्रहरू पनि छन् । हिजोअस्ति महोत्तरीमा काँग्रेसबाट माओवादीमा टिकटकै लागि प्रवेश गरेको खबर आयो । नेपालगञ्ज, वीरगञ्जमा एमालेमा आएकाहरूको पनि त्यही देखिन्छ । यसरी नयाँलाई टिकट दिँदा पुराना कार्यकर्तालाई मर्का पर्दैन ?
६ वटामध्ये एउटा आधार जित्ने पनि हो । त्यसमा नवप्रवेशी र अर्को छुट्याउँदैनौँ । मान्छे लोकप्रिय हुनुपर्‍यो, बद्नाम हुनुभएन । जेसुकै भए पनि पहिला जितेको मान्छे छ भने पालिका प्रमुख उपप्रमुखका लागि दुई पटकभन्दा बढी चुनाव लड्न पाउँदैन, त्यो व्यवस्था छ । त्यस हिसावले, हामी दुवै हिसावले सोचिरहेका छौँ ।
दोस्रो पटक जित्ने मान्छे पार्टीको लगामभन्दा बाहिर गएर अराजक बन्छ कि ? उसलाई दोस्रोचोटि नदिने कि ? त्यो कोणबाट पनि छलफल भएको छ । दोस्रोचोटि जित्नेले त्यो भन्दा माथि जानु छ भनेर मरिहत्ते गरेर काम गर्छ कि ? त्यो पनि सोचिरहेका छौँ ।
अरु–अरु पार्टीबाट आउने मानिस आशा बोकेरै आउँछन् । हामीले उनीहरूलाई प्रवेश गराउँदा उनीहरूको स्थिति र स्तर हेरेरै गरेका छौँ । त्यसकारणले टिकट पाउने सम्भावना छैन भन्ने होइन । तर, दुवैतिर तुलना हुन्छ । हामी पहिला जितेका ठाउँमा छौँ भने त्यही हिसावले जान्छौँ, हारेका छौँ र चुनावी प्रतिस्पर्धामा नम्बर १ मा पुग्ने साथीहरू हुनुहुन्छ भने त्यो हिसाबका साथीहरूले पनि पाउनुहुन्छ । त्यसमा तटस्थ नै छौँ ।
उहाँले हामीसँग कम्फर्टेबल फिल गर्नुभएको हुन सक्छ । हाम्रै चुनाव चिन्ह लिएर लड्नुभएको हो । हाम्रो चुनाव चिन्ह लिएर लडे पनि स्वतन्त्र रहनुभयो । अहिले पनि उहाँ सूर्य चिन्ह लिएर लडेको एमालेकै सांसद हो । उहाँलाई हामीले छुट्टै पार्टी हुँदा पनि केही भनेका छैनौँ । उहाँ स्वतन्त्र समूह भएर आउनुभएको थियो, उहाँले अर्को पार्टी बनाउनुभयो, त्यसमा केही छैन ।
अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्छ भनिरहनुभएको छ । यसो भन्दै गर्दा एमालेसँग नजिक भएका राप्रपा नेपालजस्तै शक्तिहरूसँग तालमेल हुने देखिन्छ । तालमेलको कसरी गरिरहनुभएको छ ?
हामी केन्द्रीतकृत गठबन्धन गर्दैनौँ । यो हाम्रो घोषित नीति हो । गठबन्धनविरुद्ध गठबन्धन हुँदैन । नेपालमा गठबन्धनको संस्कृति ठीक रहेनछ भन्ने निश्कर्ष हो हाम्रो । ०७४ सालमा हामीले ठूलो मिहिनेत गरेर वैचारिक आधारमा गठबन्धन बनायौँ । त्यसबेला बाम– लोकतान्त्रिक भनेर प्रचण्डजीको पार्टी, हृदयेश त्रिपाठीको स्वतन्त्र समूहसहित एमाले मिले । तर, त्यसको परिणाम सुखद रहेन ।
यद्यपि हामीले २०७५ जेठ ३ को पार्टी एकीकरण गलत छ भनेका छैनौँ । एकता टिक्न सकेन त्यसका विभिन्न कारण होलान्, पछि मूल्यांकन होला । वैचारिक हिसावले एक हुन खोजेका थियौँ । अहिले शेरबहादुरजीको नेतृत्वमा बनेको गठबन्धन त वैचारिक हुँदै होइन । त्यो अरु–अरु कारणले बनेको हो, त्यसमा प्रवेश नगरौँ । त्यसकै बराबरीको गैरवैचारिक गठबन्धन हामी गर्दैनौँ । तर, स्थानीय तहमा कुनै शक्ति हामीसँग काम गर्छ भने ढोका बन्द गरेका छैनौँ ।
हामीले सबैलाई जसरी हृदेशजी हाम्रो पार्टीको सदस्य नहुँदा पनि सूर्य चिन्ह लिएर लड्नुभयो, ठीक त्यसैगरी कुनै दल हाम्रो पार्टीको चुनाव चिन्ह लिएर सहकार्य गर्न खोज्छन् भने प्रोत्साहित नै गर्छौँ । अरु पार्टीलाई पनि एउटा ट्रेण्ड सेट गर्न मद्दत पुगोस् भन्ने हो ।
कमल थापाको राप्रपा नेपालले हाम्रो पार्टीको चुनाव चिन्ह लिएर सहकार्य गर्छ भने मिल्ने ठाउँका स्थानीय तहमा मिलाए आपत्ति मान्दैनौँ, त्यसलाई प्रमोट नै गर्छौँ । त्यसले हाम्रो शक्ति क्षय हुँदैन । त्यसरी गए पनि कानुनमा भएको व्यवस्था अनुसार नै जाने हो । निर्वाचन आयोगले कुनै दलको चुनाव चिन्ह लिएर कोही दल चुनाव लड्न चाहेमा जान दिने व्यवस्था छ ।
तर, दुई पार्टीको साझा न्यूनतम र कार्यक्रम बनाएर जाँदैनौँ । हामीले जितेका पालिकामा हामीले गर्ने कामको विवरण पनि राख्छौँ । हामीले हारेको पालिकामा र नभएको पालिकामा अर्काले गरेको कामलाई औंल्याउँछौँ । आफूले गर्ने काम देखाएर जान्छौँ ।
महन्थ ठाकुरको लोसपा र सिके राउतको जनमत पार्टीसँग पनि यही मोडेलको गठबन्धनका लागि छलफल भएको छ कि ?
हामीले गठबन्धनको त्यो बाटोमा प्रवेश गरिसकेका छैनौँ। हामीले त्यसैमा इन्गेज गर्छौँ । तर, संस्थागत ढंगले उहाँको केन्द्र र हाम्रो केन्द्रबाट छलफल चलेको छैन । स्थानीय क्षेत्रमा छलफल चलेको भए पनि केन्द्रमा रिर्पोट आइसकेको छैन ।
हृदयेश त्रिपाठीले अहिले नयाँ पार्टी खोल्नुभएको छ, उहाँसँग फेरि एमालेको गठबन्धन बन्छ ?
उहाँले हामीसँग कम्फर्टेबल फिल गर्नुभएको हुन सक्छ । हाम्रै चुनाव चिन्ह लिएर लड्नुभएको हो । हाम्रो चुनाव चिन्ह लिएर लडे पनि स्वतन्त्र रहनुभयो । अहिले पनि उहाँ सूर्य चिन्ह लिएर लडेको एमालेकै सांसद हो । उहाँलाई हामीले छुट्टै पार्टी हुँदा पनि केही भनेका छैनौँ । उहाँ स्वतन्त्र समूह भएर आउनुभएको थियो, उहाँले अर्को पार्टी बनाउनुभयो, त्यसमा केही छैन । त्यसमा अनुशासनको डण्डा लगाउने कुरा भएन । उहाँ सूर्य चिन्हका रुपमा प्रस्तुत हुनुहुन्छ भन्ने लागेको थियो, त्यसमा न्यूनतम समझदारी हुने नै भयो । तर, त्यो बाहेक दल सञ्चालनका मामिलामा किन अर्को दल बनाइस् भनेर प्रश्न गरेनौँ । किनभने, सहमति नै त्यही हो । उहाँहरू गैरएमाले भए पनि सूर्यचिन्ह लिएर लड्नुभएको हो ।
पहिला प्रचण्डजीहरूलाई पनि त्यही भनेको हो, हामी एउटै चुनाव चिन्हमा लडौँ । कम्तिमा एउटै संसदीय दल हुन्छ । पार्टी एउटै हुन्छ । त्यसले गर्दा शक्तिलाई एक गर्न मद्दत पुग्छ भन्ने दृष्टिकोण थियो । यदि प्रचण्डजीले त्यो मानिदिएको भए अहिले पनि त्यो दृष्टिकोण सही हुने थियो । यो तहको विग्रह हुने थिएन । सूर्य चिन्ह लिएर लड्न उहाँले पहिला मान्नुभयो, पछि मान्नुभएन । त्यसको घाटा उहाँलाई भयो ।
एमाले र माओवादीका बीचमा केही पनि छलफल चलेको छैन । अहिले हामी तत्काल छलफल गर्नुपर्ने आवश्यक पनि ठान्दैनौँ । हामीले उहाँहरूसँग कुनै प्रस्ताव राखेका पनि छैनौँ । यो त मै क्लियर गर्दिन्छु नि, म त उपमहासचिवै हो नि । वर्षमानजीले हाम्रो पार्टीका बारेमा बोल्नै परेन । उहाँहरूले पनि कुरा गर्नुभएको छैन, हामीले पनि कुरा गरेका छैनौँ, यो त क्लियर कुरा हो । पानीमाथि बतासे फुल पार्नुहुँदैन, यसमा स्पष्ट हुनुपर्छ ।
एमाले अध्यक्ष ओलीले राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई भेटेको खबर बाहिर आएको थियो, के कुरा भयो उहाँहरूबीच ? दुईपार्टीबीच गठबन्धनको कुरा चलेको हो ?
मैले अघि नै भनिसकेँ । कुनै पनि दलसँग तालमेल केन्द्रबाट गर्ने भनेका छैनौँ, सबै स्थानीयरुपमा छोड्देका छौँ । धवल शमशेर नेपालगञ्जमा केपी कमरेड बसेको होटेलमा भेट्न आउनुभएको हो । उहाँ पहिला हाम्रै पार्टीमा हुनुहुन्थ्यो कुनै समय । व्यक्तिगत मित्रता पनि हुने भयो । उहाँले नेपालगञ्जमा एमालेबाटै मेयर जित्नुभएको थियो । पहिला एमाले हुनुहुन्नथ्यो, एमाले हुनुभयो । पछि एमाले छोडेर अरु पार्टीमा जानुभयो । अहिले राजेन्द्र लिङ्देनको पार्टीको एउटा नेता हुनुहुन्छ । उहाँले मान्ने नेताका रुपमा केपी कमरेड भएकाले उहाँलाई भेट्न आउनुभएको हो ।
कमल थापाको राप्रपा नेपालसँग त यहाँहरूको सहकार्य हुने नै भयो, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको सम्बन्ध चाहिँ टाढिएको हो ? ओलीजीले लिङ्देनलाई ‘बाच्छो’ भनेपछि....
त्यो त त्यस्तै हो नि । नेताहरूले बोल्नुहुन्छ । सबै नेताहरू चोर भनेर राजेन्द्रले पनि बोल्नुभयो । सबै नेताहरू चोर त छैनन् नि । कुनबेला के बोल्ने, त्यो उहाँहरूले सोच्ने कुरा हो । त्यसमा पनि राजेन्द्र लिङ्देनजी तुलानात्मकरुपमा अरु मूलधारका पार्टीका नेताहरू भन्दा कान्छो नेता हो । कान्छो नेताले पनि एउटा सीमामा रहेर बोल्नुपर्ने हो । उहाँले नै बोल्दा सोचेर बोल्नुपर्छ । यद्यपि उहाँ एउटा पार्टीको अध्यक्ष हो । त्यो उहाँहरूको पार्टी हो, आफ्नै तरिकाले चलाउनुभएको छ ।
चुनावी तालमेलकै कुरा गर्दा ‘हामी मिलौँ’ भन्दै एमाले नेताहरूले सम्पर्क गरेको माओवादी नेता वर्षमान पुनले अन्तरवार्तामा भनेको पनि सुनियो । कतिपय स्थानीय तहमा त्यहाँको आवश्यकता र आपसी सम्बन्धका आधारमा एमाले र माओवादीबीच तालमेल हुने सम्भावना छ कि छैन ? कतिपय स्थानीय तहमा काँग्रेससँग भन्दा एमालेसँगै मिलौँ भन्ने गरेका कुराहरू पनि सुनियो....
एमाले र माओवादीका बीचमा केही पनि छलफल चलेको छैन । अहिले हामी तत्काल छलफल गर्नुपर्ने आवश्यक पनि ठान्दैनौँ । हामीले उहाँहरूसँग कुनै प्रस्ताव राखेका पनि छैनौँ । यो त मै क्लियर गर्दिन्छु नि, म त उपमहासचिवै हो नि । वर्षमानजीले हाम्रो पार्टीका बारेमा बोल्नै परेन । उहाँहरूले पनि कुरा गर्नुभएको छैन, हामीले पनि कुरा गरेका छैनौँ, यो त क्लियर कुरा हो । पानीमाथि बतासे फुल पार्नुहुँदैन, यसमा स्पष्ट हुनुपर्छ ।
दोस्रो कुरा, उहाँ (माओवादी) हरूलाई गठबन्धनको अनुशासन लागेको छ । जहाँ–जहाँ काँग्रेस बलियो छ, काँग्रेसलाई दिने । जहाँ–जहाँ एमालेले जितेको छ, त्यो चाहिँ खसीको मासु बाँडेजसरी बााडेर खाने । माओवादी वा अरु कुनै पार्टीले जितेको ठाउँमा गठबन्धन बाहेक अरु दलसँग तालमेल गर्न नपाइने भनेर उहाँहरूले विधि बनाउनुभएको छ । उहाँहरूले यो विधिभन्दा विपरीत त जानै मिले न नि नभए गठबन्धन टुटिहाल्छ । गठबन्धन टुटाउने हो भने बेग्लै कुरा । उहाँहरू पक्कै गठबन्धन टुटाउनुहुन्न होला ।
भनिन्छ, एमालेका उपमहासचिव विष्णु रिमाल हिसाब राखेर बस्ने नेता हुन् । रिमालको ल्यापटपमा स्थानीय तहको मात्र होइन, आगामी संसदीय निर्वाचनको पनि ग्रिनजोन, वेल्लो जोन र रेड जोन सहितको चुनावी आँकडा छ भन्ने सुनिन्छ । बैशाख ३० मा हुने स्थानीय चुनावमा एमालेको स्थान कस्तो आउला ? ०७४ को भन्दा कति फरक पर्ला ? तपाईंको विश्लेषण के छ ?
म यसमा यत्ति मात्रै भन्न चाहन्छु । ०७४ मा हामीले ४२ प्रतिशत भन्दामाथि जितेका हौँ । योभन्दा अघिको चुनाव र त्योबेलाको स्थितिलाई स्मरण गरौँ । त्यतिबेला पनि प्रचण्डजीहरू र काँग्रेसबीच गठबन्धन थियो । हामी एक्लै चुनाव लडेका थियौँ । भलै त्यतिबेला माधव नेपालजीहरू हामीसँग एउटै पार्टीमा हुनुहुन्थ्यो । त्यो बेला र अहिलेको तुलना गर्दा अवसर र चुनौति हाम्रो सामु उस्तै हो । अहिले अवसर धेरै छ ।
किनभने, हामीसँग सरकार सञ्चालन गरेको अनुभव छ र एजेण्डा सेटिङमा हामीलाई टाउको दुखाइ छैन । त्योबेला हामी अलि व्यवहारिक भएनौँ होला । कतिपय अवस्था बुझ्न बाँकी थियो होला । त्यसमा हामी परिपक्व भइसकेका छौँ । अहिले जुन हिसाबले पार्टी प्रवेश गर्ने लहर बढेको छ । यो लहर हेर्दा र स्वयं माओवादी पार्टीबाट आउनु भएका साथीहरूको संख्या हेर्दा माधव नेपालजीसँग जानुभएका साथीहरूको तुलनामा त्यो संख्या माथि छ । त्यसको मनोवैज्ञानिक प्रभाव पनि बलियो छ । यी दुईवटा कारणले गर्दा कम्तीमा पनि पहिले जितेको भन्दा तल झर्दैनौँ भन्ने हाम्रो निष्कर्ष छ ।
हामी यसअघिको ४२ प्रतिशतभन्दा तल ओर्लिदैनौँ, त्योभन्दा माथि जान्छौँ भन्ने हाम्रो विश्वास हो । त्यो ठ्याक्कै प्रतिशतमा भन्न सकिँदैन । पार्टीमा जति लहर आइरहेको छ । लहर र उम्मेदवार भएपछि प्रतिशत केही–तलमाथि हुन सक्छ । जतिसुकै प्रतिकुल अवस्थामा पनि एमाले पहिलो हुने स्थिति छ । पहिलो दल हुनेमा कुनै शंका छैन । एमाले पहिलो दल बन्नबाट रोकिँदैन । हामी ४० प्रतिशतमै रह्यौँ भने पनि बाँकी रहेको ६० प्रतिशत उहाँहरूले भनेअनुसार बाँड्नुभयो भने पाँच दलभित्र बाँडिने हो ।
उहाँहरूको गठबन्धन कति परसम्म जान्छ भन्न सकिँदैन । जाने नै भए पनि जाओस्, शुभकामना छ । त्यसो हुँदा ६० प्रतिशतमा बाँडिने हो । एउटैले ४० प्रतिशत पाउनेवाला छैन । त्यतिबेला ठूलो भाग पाउने कांग्रेस नै होला । त्यसपछि माओवादी केन्द्र नै होला । त्यसपछि माधव नेपालजीकै पार्टी होला । यस्तै–यस्तै गरेर संख्या जाने होला । मेरो बुझाइमा ६० प्रतिशत विभाजित भएर उहाँहरू बन्ने हो । त्यस हिसावले एमाले पहिलो दल यसै भइहाल्यो ।
हामी पहिलेको स्थितिभन्दा कति माथि जान्छौँ भन्ने हाम्रो प्रयत्न हो । हामी जति दौडिरहेका छौँ । पहिलेको जति यथेष्ट अवस्थामा छौँ । पहिलेको भन्दा बढी अभियानमा लागेका छौँ । त्यसमा तोकिने उम्मेदवार हामीले मात्रै होइन, विपक्षले तोक्ने उम्मेदवारको कुराले तलमाथि पार्छ । स्थानीय चुनाव भनेको स्थानीय लोकप्रियताले पनि असर पार्छ, राष्ट्रिय राजनीति मात्रै हुँदैन । त्यहाँ छिमेकी, इष्टमित्र, दाजुभाइको नाताले पनि अर्थ राख्छ । यी सबै स्थितिले तलमाथि पार्छ ।
यहाँले पार्टीमा लहर आएको, माओवादीहरू समाहित भएको लगायतका तर्कहरू गर्नुभयो । तर, ०७४ सालको जस्तो केपी ओलीको लोकप्रियता अहिले छैन र पार्टी पनि फुटेको छ । यो प्रतिकूलता पनि त छ नि एमालेसँग ?
मलाई त्यस्तो लाग्दैन । तपाईंले सोधेको स्वाभाविक धारणा होला । पहिलोपटक सरकारबाट हट्दा नाकाबन्दीविरुद्ध लडेका थियौँ । त्यतिबेला अस्वभाविक ढंगले सरकारबाट हटाइएको थियो । त्यतिबेला उहाँमा गज्जबको सान्त्वना थियो । त्योभन्दा पर तराई मधेसमा एमाले निषेधित क्षेत्र भनेका थिए । हामीले मेची महाकाली अभियान चलायौँ । त्यसपछि एमालेमा एक किसिमले लहर आएको थियो ।
अहिले ३५ लाख नयाँ मतदाताहरू हुनुहुन्छ । हाम्रो आफ्नो बुझाइमा ती सबै नयाँ युवा छन् । युवाहरू अधिकांश बा भनेर दौडिरहेका देख्छौँ । कतिपयलाई केपी ओलीलाई बा भनेको मन पर्दैन । तर, एउटा यस्तो पंक्ति भएछ । बुढा, तन्नेरी जम्मैले बा भनेर दौडिन थालेका छन् । बिहानदेखि बेलुकासम्म पार्टी प्रवेशको लाइन हुन्छ ।
अहिले हामी सरकारबाट हट्दा पहिला केपी ओलीविरुद्ध एउटा आक्रोश पोखियो । तर, मलाई के लाग्छ भने, मानिसहरूमा के परेको छ भने अनावश्यक ढंगले केपी ओलीलाई लखटेका रहेछन् भन्ने बुझाइ बढेको छ । हामी जति जनतामा गएका छौँ, त्यति बुझ्दै गएका छौँ ।
प्रचण्ड र माधवजीले भन्नुभएका कुराहरू मेरो विचारमा उहाँहरूलाई प्रत्युपादक हुने र एमालेलाई फाइदा हुने स्थित देखा परेको छ । पहिला वाम एकताको कुरा गर्यौँ । उहाँहरूले हामीलाई प्रतिगामी भनिरहरहनुभयो । हामीलाई दक्षिणपन्थी भनिरहनुभएको छ । उहाँहरूले आफूलाई अग्रगामी र वामपन्थी भनिरहनुभएको छ । वास्तविकता के छ भने जुन शक्तिका विरुद्ध चुनाव लड्नुभयो, त्यही शक्तिसँग मिलेर चुनाव लड्न जानु थाल्नुभएको छ । त्यसैलाई प्रधानमन्त्री बनाएर चुनावमा अगाडि लाग्नुभएको छ । त्यही शक्तिलाई काँधमा बोकेर हिँड्नुभएको छ ।
हिजो चुनाव लड्दा उहाँहरूले प्रतिगामी प्रक्रियावादी दक्षिणपन्थी भन्नुभएको थियो । रातारात केपी ओलीलाई लखेट्न कसरी त्यो शक्ति अग्रगामी भयो ? यो प्रश्न जनताले सोध्ने भए । त्यति लाटा जनता छैनन् । त्यो हिसावले उहाँहरूले भनिरहेको कुरा त्यति धेरै नबिक्ने हुँदा पहिलेको र अहिलेकोमा एमालेको स्थितिमा धेरै भिन्नता हुँदैन । जो शान्त्वना भोट छ, त्यो अहिले बढोत्तरी हुने देखेको छु । अहिले सिँजा, मान्मा लगायत जति पनि ठाउँमा आमसभाहरू भएका छन्, ती मदन भण्डारी जाँदा जति मान्छे ओर्लेका थिए, अहिले केपी ओली जाँदा त्यही तरिकाले मान्छे ओर्लेको देख्छु । यो संकेत हो, उहाँको लोकप्रियतामा ह्रास आएको छैन ।
अर्को, अहिले ३५ लाख नयाँ मतदाताहरू हुनुहुन्छ । हाम्रो आफ्नो बुझाइमा ती सबै नयाँ युवा छन् । युवाहरू अधिकांश बा भनेर दौडिरहेका देख्छौँ । कतिपयलाई केपी ओलीलाई बा भनेको मन पर्दैन । तर, एउटा यस्तो पंक्ति भएछ । बुढा, तन्नेरी जम्मैले बा भनेर दौडिन थालेका छन् । बिहानदेखि बेलुकासम्म पार्टी प्रवेशको लाइन हुन्छ ।
पार्टी प्रवेशको कुरा गर्दा पहिलाको प्रवेश र अहिलेको प्रवेशमा आधारभुत भिन्नता छ । पहिला आमसभामा मान्छेहरू लाइन लागेर टीका थाप्थे । हामीले कहिँलेकाहीँ प्रोफेसनल प्रवेशी हुन् कि क्या हो भन्थ्यौँ । अहिले हाम्रो बैठक भएको ठाउँमा प्रवेशी आउँछन् । बिहान सबेरै घरमा पुगेका हुन्छन् । ओली कमरेडकोमा मात्रै होइन, महासचिव र वरिष्ठ उपाध्यक्षको घरमा पनि त्यत्तिकै पार्टी प्रवेशको लाइन छ । यो हिसावले हेर्दा जम्मै फ्याक्टरहरू पहिलेको तुलनामा माथि नै रहेका फ्याक्टरहरू हुन्।
अर्को कुरा, माधव नेपालजीले कति लैजानुभयो होला ? माधव नेपालजीले लैजानुभएका जननिर्वाचित प्रतिनिधिहरू १० प्रतिशतभन्दा मुनि हो । त्यसमा पनि केही साथीहरू फर्किनुभएको छ । जनमतका हिसावले हेर्दा तीन प्रतिशत भन्दा कम हो । त्योभन्दा बढी हुँदै होइन । उहाँहरूलाई के लागेको छ भने जित्न नसके पनि हराउन सक्छु । उहाँहरूको भोट हराउन नै काफी छैन ।
अहिले आइरहेको तथ्यांकमा २०७४ सालमा कसले कति भोट ल्याएर आए, त्यसका आधारमा तुलना गरेको देखिन्छ । त्यो ३५ लाख भोटरमा चेञ्ज भएको मुडलाई ख्याल गरिएको छैन । त्यसले धेरै तलमाथि पार्छ ।
हामीले पालिका विकास गरेकै छैनौँ भने पनि हामीलाई भोट आउने छैन । हाम्रो प्रचारले केही गर्ने छैन । यदि विकास नै भएको मान्छेले फिल गरेको छ भने जतिसुकै दुष्प्रचार गरे पनि हामीले हार्नेवाला छैनौँ । त्यो हाम्रो बल हो ।
हामीलाई के विश्वास छ भने हाम्रा मान्छेहरूले आधारभूत रुपमा प्रभावकारी काम गर्नुभएको छ । बाहिर प्रचार गरेको जस्तो भ्रष्ट भयो स्थानीय तह भन्ने होइन । बरु हामीले प्रदेश तहमा त्यो देखेका छौँ । स्थानीयतहमा कामकाजी र प्रभावकारी ढंगले काम भएका छन् । अरु दलहरूको पनि त्यस्तै–त्यस्तै स्थिति होला जस्तो लाग्छ ।
तर, सरकार चलाउन दुई तिहाइ बहुमत दिएर पठाएको, केपी ओलीले चलाउनै सकेनन् भन्ने आरोप पनि सुनिन्छ नि तल ?
त्यसमा हामीले ब्याख्या गरिहाल्छौँ । दुई तिहाई एमालेलाई दिइएको थिएन, गठबन्धनलाई दिइएको थियो । हाम्रो आरोप नै छ, हाम्रो जनमतलाई विक्री गरेर सडकमा फालियो । यो हामी जनतालाई बुझाउँछौँ ।
त्यो आरोपमा दम छ । दुई तिहाई टिकाउन नदिएर कांग्रेसलाई दिइयो । वामपन्थीको स्थिरता दिन्छु भन्ने पवित्र ईच्छा नै थियो । हामीले आफूलाई टिकायौँ, नटिकाउने हामीसंँग नजोडिनुभएका साथीहरू हो । हामीले घोषणापत्र देखाएर जनमत पाएका थियौँ, त्यो घोषणापत्र लगेर बेचियो । हाम्रो आरोप प्रचण्डजीहरूलाई त्यही नै हो । हामी त्यही भन्छौँ । जनतालाई बुझाउँछाँै । यसमा समस्या छैन ।
अब अलिकति महानगर र उपमहानगरहरूको चर्चा गरौँ । देशभरिका ६ वटा उपमहानगरपालिका मध्ये यसअघि एमालेले दुईवटा अर्थात् काठमाडौँ र पोखरामा जितेको थियो । यसपालि पनि काठमाडौंको उपमेयर राप्रपाले नै पाउने चर्चा पनि सुनिन्छ नि ?
पहिला राप्रपासित तालमेल गरेको भएर त्यो आएको होला । अहिले हामी काठमाडौंको सन्दर्भमा त्यो किसिमको बहसमा गएका छैनौँ । हामीलाई सिफारिस आउँदा सबै पदहरूमा आउँछ । काठमाडौंमा मेयर–उपमेयर दुबै एमालेले जित्छ र दुबैमा एमालेकै उम्मेदवार हुनेछन् भन्ने विश्वासमा छौँ ।
ललितपुरमा नि ?
ललितपुरमा पनि हामीले यही नै सोचिराखेका छौँ । ललितपुरमा पनि पहिला हामीले उपमेयर अरुलाई लिएका थियौँ, हामी हार्यौँ । काठमाडौंमा पनि हामी उपमेयर हार्यौँ । त्यसो हुँदा अहिले हामीले काठमाडौं र ललितपुर दुबैमा मेयर उपमेयर दुबै जित्छौँ र लिनुपर्छ भन्नेमै छौँ । ललितपुरमा त हामीले मेयर हारेको पनि होइन, टेक्निकल्ली हराइएको मात्रै हो । अदालतमा मुद्दा विचाराधीन छ । ट्याली गरेर हेर्दा हाम्रो मान्छेले जित्नुभएको छ, घोषणा गर्दा गलत घोषणा गरियो । अब कार्यकाल सिद्धिने बेलासम्म फैसला भएन । हाम्रो न्यायालय त यस्तै छ ।
यी जम्मै कारणले गर्दा केपी ओलीप्रति क्रेज नै छ । त्यो क्रेज र आकर्षणले पनि धेरै मात्रामा भोट बढाउनेवाला छ । हिजो धेरै भोट भएका माओवादी केन्द्र र जसपामा भएका साथीहरू अहिले यतै आइरहनुभएको छ । यो हेर्दा तराईका मुख्य पालिकाहरूमा पहिलाको जस्तो कमजोर स्थिति हुँदैन । अहिले धेरै सुध्रन्छ ।
एमालेले पहिला जितेका महानगरपालिका माधव नेपालको पार्टीले पाउनुपर्ने सत्ता गठबन्धनमा छलफल भइरहेको सुनिन्छ । यसअघि जितेका दुबै महानगर एमालेले जोगाउला त ? गठबन्धन बनेर आयो भने पोखरा र काठमाडौं जोगिएलान् जस्तो लाग्छ ?
काठमाडौं र पोखरा दुबै गुम्दैनन् । एकीकृत समाजवादी भन्ने पार्टी होस्, नेकपा माओवादी केन्द्र होस्, एमालेले जितेका कुनै पनि पालिकाहरू गुम्दैनन् । पहिले पनि गठबन्धनसित प्रतिस्पर्धा भएको हो, अहिले पनि त्यहीसित हुने हो । कसैलाई भ्रम छ र अहिले ? गठबन्धन तोकिन्छ कि भनेर कल्पना नगरौंँ । किनभने शेरबहादुर दाइ लाग्नुभएको छ । जेजे गरेर भए पनि गठबन्धन जोगाउनुपर्छ र प्रतिनिधिसभाको चुनावमा आफूले जितेर सरकारमा आउनुपर्छ भन्ने उहाँको लक्ष छ । त्यसो भएको हुनाले माधव नेपालजी, प्रचण्डजीहरू त्यसमा सहायक बनि नै हाल्नुहुन्छ । त्यसकारण गठन्धन जोगिएला ।
बिराटनगर महानगरपालिकामा विनोद ढकालले रातोपाटीकै अन्तरवार्तामा म मेयर लड्दिनँ भनिसक्नुभयो । लालबाबु पण्डितको नाम पनि चर्चामा आएको थियो । स्थानीय नेताहरूको मात्रै नाम सिफारिस भएको सुनियो । बिराटनगर हामीले जित्न सकिन्न भनेर लत्तो छोडेको हो एमालेले ? महानगरमा ठूला नेतालाई पनि उठाउन सकिने चर्चा थियो नि ?
अहिले पनि त्यो अन्त्य भइसकेको छैन । पहिला सिफारिस आउनुपर्‍यो । अहिले हामीले के भनेका छौँ भने सामान्यतयाः प्रदेशसभामा रहनुभएका वा संघीय संसदमा रहेका साथीहरू राजीनामा नगरे हुन्थ्यो । तर, स्थानीय पार्टीले सिनियर नेताहरू तल चाहिन्छ भन्यो भने त्यसलाई स्वीकार्नुपर्छ र जित्नुपर्छ ।
अहिले के पनि देखियो भन्दा प्रदेशको सांसद बन्ने योग्यता पुगेको मान्छे खास गरी ठूला पालिकामा जाँदा लाभ हुँदोरहेछ भन्ने देखियो । सरकार सञ्चालनको हिसाबले त्यो महत्वपूर्ण रहेछ । धेरै साथीहरूले पहिला पालिकामा बस्दा प्रधानपञ्च बसेजस्तो ठान्नुभो । अहिले आएर पालिका ठूलो रहेछ, त्यहीँबाट जनताको सेवा गर्न सकिनेरहेछ भन्नेमा पुग्नुभएको छ । यो ठीक पनि हो । जो मानिस विकाससँग जोडिन्छु भन्छ, ऊ पालिकामै जानु राम्रो हुन्छ । तर, अहिले बहालवाला सांसदहरूलाई सकेसम्म नछाड्नोस् (राजीनामा नदिनोस्) भनेका छौँ हामीले । तर, स्थानीय तहबाट हामीलाई ठूलो नेता चाहिन्छ भन्ने भयो भने यसमा पार्टीले पुनर्विचार गर्छ होला भन्ने मलाई लाग्छ ।
मज्जासँग जित्छौँ, त्यसमा चिन्तै लिनुपर्दैन । त्यहाँ सबै मिल्छन्, त्यो पनि हामीलाई थाहा छ । अहिलेको गठबन्धनको टार्गेट भनेको केपी ओली, त्यसपछि एमाले हो । केपी ओली रहेसम्म एमाले हार्दैन भन्ने उहाँहरूको विश्वास हो । यी चिजहरूमा हाम्रो यथेस्ट ध्यान जान्छ र जितेर पनि देखाउछौँ ।
वीरगञ्ज महानगरपालिकामा बहालवाला मेयर विजय सरावगी र लोसपामा राजेशमान सिंहबीच एमालेमा प्रवेश गर्ने होडबाजी नै चल्यो । अन्ततः सिंहचाहिँ जसपामा जानुभयो । बीरगञ्ज महानगरपालिकामा जितिन्छ जस्तो लाग्छ ?
त्यहाँ पहिला पनि एमालेको पोजिसन राम्रै थियो । अहिले खास गरी तराईमा एमालेप्रति आकर्षण छ । तपाईं आफैँ तराई घुमेर आउनुभएको छ । तराईमा दुई–तीनवटा कारणले गर्दा हाम्रो अध्यक्षप्रति धेरै आकर्षण छ । एउटा हुलाकी राजमार्गको कुरा । अर्को चाहिँ स्थानीय विकासका लागि ५० करोड दिइएको कुरा । शहरी विकास कार्यक्रम अन्तरगत गरिएका कामहरू । र, सबैभन्दा ठूला रिभोल्युसन त त्यहाँ के भएको छ भने हामीले हाम्रो कार्यकालमा झण्डै ५–६ सय किलोमिटरजति ढल बनाएका छौँ । खुला ठाउँमा शौच गर्ने मानिसहरू आफ्नै घरको शौचालयमा जाने स्थिति बन्यो ।
यी जम्मै कारणले गर्दा केपी ओलीप्रति क्रेज नै छ । त्यो क्रेज र आकर्षणले पनि धेरै मात्रामा भोट बढाउनेवाला छ । हिजो धेरै भोट भएका माओवादी केन्द्र र जसपामा भएका साथीहरू अहिले यतै आइरहनुभएको छ । यो हेर्दा तराईका मुख्य पालिकाहरूमा पहिलाको जस्तो कमजोर स्थिति हुँदैन । अहिले धेरै सुध्रन्छ ।
देशभरिका ११ उपमहानगरपालिका मध्ये ०७४ मा एमालेले तुल्सीपुर, घोराही, बुटवल, जितपुर सिमरा, हेटौंडा, इटहरी र धरानसमेत गरी ७ वटामा जितेको थियो । धनगढी, नेपालगञ्ज, जनकपुर र कलैया अरु दलले जितेका थिए । पछि उपचुनावमा धरान काँग्रेसले खोस्यो । यसपालि ११ उपमहानगरमध्ये कति जित्ने एमालेको लक्ष छ ?
यसमा भन्न सक्ने भनेको पहिला हामीले जितेको कायमै राख्छौँ । नयाँमा वीरगञ्ज (महानगर) थपिनेवाला छ । नेपालगञ्ज पनि थपिन्छ भन्ने मलाई विश्वास छ । धनगढीमा प्रतिस्पर्धा होला, तर जित्ने सम्भावना त्यहाँ पनि छ ।
तपाईंहरू धनगढीमा तेस्रो हुनुहुन्थ्यो, कसरी जित्नुहुन्छ ?
परिस्थिति फेरिएको छ । पहिलेको भन्दा त धेरै प्रगति हुन्छ । तपाईंले भनेजस्तै वीरगञ्ज हामीलाई नाफा हुनेवाला छ । धरान उपनिर्वाचनमा गुमे पनि फर्किन्छ, त्यसमा चिन्ता छैन । अरु जितेका ठाउँमा हामी कायमै राख्छौँ ।
तर, धरानमा त एमाले र माओवादी एउटै हुँदा काँग्रेसले हराएको हो नि ?
त्यो टेक्निकल झमेला हो । हामी चरम विवादमा भएका बेला हारेको हो त्यो । एमाले र माओवादी एकै ठाउँमा थिए, नेकपा नै भए पनि लगभग दुईतिर फर्केको अवस्था थियो । त्योबेला हामीलाई धेरै घाटा भएको हो । भक्तपुरमै उपनिर्वाचनमा प्रदेश सभा सदस्य हार्यौँ । कारण के थियो भने जसलाई टिकट दिँदा हारिन्छ भनिएको हो, त्यसैलाई दिइयो । हार्नलाई दिने भनेर प्रचण्ड कमरेडले दाबी गर्नुभयो त्यसबेला । ल हारौँ भनेर दिएको । किनभने, पहिले नै परिणाम थाहा थियो हामीलाई । त्योबेला अन्तरविरोधका कारणले हारेको कुरालाई टेक्निकल रुपमा लिनुपर्छ । अरु जनमतको हिसावले जहाँको त्यहीँ छौँ, ओरालो लागेका छैनौँ ।
हामीले जे भन्यौँ त्यो लागु भयो नि अहिले । विधिअनुसार चल्नुपर्‍यो भन्ने हाम्रो कुरा हो । हाम्रो पालामा नियुक्त भएका मान्छे हाम्रै हली गोठाला त होइनन् । सम्बन्धित निकायका जिम्मेवार भएकाले त्यही तहको व्यवहार र हैसियत हुनुपर्छ भनेको हो ।
देशभरका ६ वटा महानगर र ११ उपमहानगरजस्तै केही हटसिट पालिकाहरू पनि छन् । तीमध्ये केपी ओलीको गृहनगर दमक एउटा हो । गठबन्धन मिलेर आएको अवस्थामा दमक नगरपालिका एमालेले जोगाउला ?
मज्जासँग जित्छौँ, त्यसमा चिन्तै लिनुपर्दैन । त्यहाँ सबै मिल्छन्, त्यो पनि हामीलाई थाहा छ । अहिलेको गठबन्धनको टार्गेट भनेको केपी ओली, त्यसपछि एमाले हो । केपी ओली रहेसम्म एमाले हार्दैन भन्ने उहाँहरूको विश्वास हो । यी चिजहरूमा हाम्रो यथेस्ट ध्यान जान्छ र जितेर पनि देखाउछौँ ।
चुनावमा बाहिर जे भने पनि भित्र–भित्रचाहिँ नेकपा एमाले दबावमा छ जस्तो लाग्दैन तपाईंलाई ?
हामी जित्नुपर्ने दबावमा छौँ । हार्न नहुने दबावमा छौँ, यो सत्य कुरा हो । यसलाई हामीले स्वाभाविक ढंगले लिएका पनि छौँ । मैले त प्रशिक्षणहरूमा बोल्ने गरेको छु, अहिले एमाले जित्ने दबावमा छ, हार्ने छुट छैन, त्यहीअनुसार तयारी गर्नुस् । अरु दलहरूलाई पनि दबाव छ । अरुले एक्लै जित्न सकिन्न भनेर गठबन्धन बनाएका छन् एमाले राष्ट्रिय शक्ति हो, यो एक्लै जित्छ भनेर ढुक्कसँग लागिरहेका छौँ ।
अब अलिकति निर्वाचन आयोगसँग एमालेको विवादबारे कुराकानी गरौँ । हिजोसम्म निर्वाचन आयोग एमालेबाटै परिचालित हो कि भन्ने टाइपको चर्चा हुन्थ्यो । अहिले आयोगसँग एमालेको सम्बन्ध चिसिएजस्तो देखिन्छ । हरियो रंङको मतपत्रमा पनि प्रश्न उठाउनुभयो । आचार संहितामा पनि असहमति जनाएको देखियो । आयोगसँग एमालेको खास गुनासो चाहिँ के हो ?
हामीले जे भन्यौँ त्यो लागु भयो नि अहिले । विधिअनुसार चल्नुपर्यो भन्ने हाम्रो कुरा हो । हाम्रो पालामा नियुक्त भएका मान्छे हाम्रै हली गोठाला त होइनन् । सम्बन्धित निकायका जिम्मेवार भएकाले त्यही तहको व्यवहार र हैसियत हुनुपर्छ भनेको हो ।
निर्वाचन आयोग स्वतन्त्र, स्वच्छ, निष्पक्ष देखिनुपर्छ । निष्पक्ष भएर डण्डा हान्दा हामीले ऐया भन्न मिल्दैन । हरियो रङको सन्दर्भमा त्यो रङ राखे राखौँ तर त्यसका लागि बहस र छलफल गर्नुपथ्र्यो । किनभने निर्वाचन आयोग, संसदीय व्यवस्था भनेको त्यो परम्परागत व्यवस्था पनि हो । कुनै परम्परा फेर्न पर्यो भने त्यसमा लामै समय कुरा गर्नुपर्छ । जस्तो– राजाका पालमा संसदभित्र मर्यादापालक आएर श्री ५ महाराजाधिराज भनेर कराउँथे । अहिले सभामुख भनेर कराउँछन् । हामीले त्यो परम्परा छोडेकै छैनौँ ।
हरियो रङ राख्ने नराख्ने वा रातो, पहेँलो रङ राख्ने नराख्ने भनेर छलफल गरिदिएको भए धेरै राम्रो हुन्थ्यो भन्ने जिज्ञासा थियो । तर आयोगले अन्डरमाइन्ड गर्यो भन्ने हिसावले क्रिया–प्रतिक्रिया आएको हो ।
त्यसपछि केही केही हामीलाई अस्वाभाविक लागेका कुराहरू पनि थिए । ती सबै कुरा हामीले निर्वाचन आयुक्तहरूका सामु पनि भन्यौँ । महासचिवको नेतृत्वमा आयोग गएर हामीले मनोनयनको कुरा दुई दिन किन भनेर प्रश्न गर्यौँ । हामीलाई आशंका के थियो भने पहिला टेक्नोलोजी नभएका बेलामा मान्छे दौडनुपर्ने र हेलिकोप्टर पनि कम उड्ने बेलामा एकै दिनमा गर्न सक्थ्यौँ । भ्याइएको पनि थियो । अहिलेचाहिँ दुई दिन किन राखेको ? एकातिर गठबन्धन छ, त्यहाँ लफडा परिरहेको छ । आज झगडा पर्यो भने भोलि उम्मेदवारी दर्ता गर्नलाई हो कि भन्ने आशंकाको ग्राउन्ड छ । त्यसमा स्पस्ट पार्नुस् भनेको हो ।
त्यसपछि जनप्रतिनिधिहरूको राजीनामाको कुरो । निर्वाचन आयोग आफैँले सरकारलाई कन्भिन्स गर्दा के भनेको हो भने हाम्रो संविधानले एक दिन पनि स्थानीय तह खाली रहँदैन भनेर परिकल्पना गरेको छ । त्यसकारण दुई महिनाअघि चुनाव गर्ने र पदवहाल पछि गर्ने भनेर निर्णय गरेको हो । वैशाखभित्र चुनाव र जेठ ४ भित्र तयार भएर ५ गतेबाट नयाँ मान्छे आउनुपर्छ भनेर उहाँहरू आफैँले भन्नुभयो । तर, राजीनामा गर्नुपर्छ भनेर लेख्नुभयो, त्यो किन ? भनेर प्रश्न गर्दा जवाफ सुनिसकेपछि ठिकै छ भन्यौँ ।
प्रधानमन्त्री र मन्त्रीहरू पनि त पार्टीकै नेता हो । मुख्यमन्त्रीको दायित्व भनेको आफ्नो दललाई जिताउने दौडने हो । प्रधानमन्त्रीको दायित्व आफ्नो दललाई जिताउने हुन्छ र उनी दौडन्छन् । यही नै त हो संसदीय व्यवस्था । विचारको प्रतिस्पर्धा गर्न पाएन भने कसरी जनतालाई प्रभावित पार्छ त ?
त्यसपछि केहीकेही कुरा गलत तरिकाले बाहिर आए । जस्तो– प्रचार प्रसारका सन्दर्भमा सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गर्न पाउने कि नपाउने ? हाम्रो भनाइ के हो भने सामाजिक सञ्जालको चाहिँ दुरुपयोग भइरहेको छ । फेसबुक, ट्विटरहरूमा बढी दुरुपयोग भएको छ, त्यसलाई नियमन गर्न राज्यले सकिरहेको छैन । तर, पर्सनल वेबसाइटहरू भनेका आधिकारिक हुन्, त्यो म्यासेजमात्रै हो । त्यसलाई पनि प्रतिबन्ध लगाएको हिसाबले आचारसंहिता आयो । पछि उहाँहरूले जम्मै कुराहरूको जवाफ पनि दिनुभयो । हामीले निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने कुराहरूलाई रोकौँ भनेको हो, त्यो भाषा मिलेनछm यसलाई स्पष्ट पार्छौँ भन्नु भो ।
जनप्रतिनिधिले राजीनामा गर्ने कुरामा चाहिँ लाभको पदसम्बन्धी व्याख्या संविधानको धारा ३०६ मा गरिएको छ । त्यस्तै व्यवस्था प्रतिनिधिसभामा पनि छ । प्रतिनिधिसभामा चाहिँ उन्मुक्ति दिने गरी हामीले ऐनमा ट्रान्फर गरेछौँ, स्थानीय चुनावको सन्दर्भमा ट्रान्सफर भएनछ । यदि हामीले राजीनामा गर्नोस् नभन्ने हो भने एकैचोटि ५–६ हजार मान्छेको मुद्दा पर्यो र अदालतले खारेज गर्यो भने त निर्वाचन बर्बाद हुन्छ, त्यसैले सतर्क भएको हो, अहिले यो विषय अदालतमा विचाराधीन छ, तर पछि कसैले मुद्दा हाल्दियो भने के गर्ने भनेर आयोग प्रो–एक्टिभ भएको हो भन्नुभएको छ उहाँहरूले ।
दुई दिन मनोनयन दर्ता गर्न दिने प्रश्नमा उहाँहरूको खासै जवाफ थिएन । रंगको सन्दर्भमा उहाँहरूले दिएको जवाफ के थियो भने हरियो रंग राख्दा स्वस्तिक चिन्हको रंगमा प्रष्ट देखिँदोरहेछ, यसमा हाम्रो कुनै नियत छैन भन्नुभयो । हामीले प्रश्न पनि गर्यौँ, उहाँहरूले जवाफ पनि दिनुभयो । यो कुरालाई निर्वाचन आयोगले स्वाभाविकरुपमा लिनुपर्छ । निर्वाचन आयोगले आचार संहिता पालना गराउने कुरामा सबै दललाई एउटै रुपमा हेर्नुपर्‍यो ।
हामीले एउटा कुरा नउठाएको भए पनि हुन्थ्यो, तर उठायौं । जस्तो– मन्त्री र कार्यकारी प्रमुखले आफ्नो निर्वाचन क्षेत्रमा बाहेक अन्त प्रचार गर्न जान पाइन्न भन्ने अहिलेको आचार संहितामा छ । यसमा हामीलाई त केही आपत्ति छैन, हामी कहीँ पनि मन्त्री छैनौँ । शेरबहादुरजी त अहिले कहीँ चुनाव लडिरहनुभएको छैन, मन्त्रीज्यूहरू पनि स्थानीय चुनाव लड्नुहुन्न । उहाँहरूको निर्वाचन क्षेत्रै हुँदैन । के अब मन्त्रीहरू सिंहदरबार र बालुवाटारमै बन्द हुन्छन् त ? ल भन्नोस् भनेर हामीले (आयोगलाई) प्रश्न गर्यौँ ।
प्रधानमन्त्री र मन्त्रीहरू पनि त पार्टीकै नेता हो । मुख्यमन्त्रीको दायित्व भनेको आफ्नो दललाई जिताउने दौडने हो । प्रधानमन्त्रीको दायित्व आफ्नो दललाई जिताउने हुन्छ र उनी दौडन्छन् । यही नै त हो संसदीय व्यवस्था । विचारको प्रतिस्पर्धा गर्न पाएन भने कसरी जनतालाई प्रभावित पार्छ त ? चाहे हामी प्रधानमन्त्री हौँ या अर्को प्रधानमन्त्री होस्, यो त सिस्टमलाई कसरी बलियो बनाउने भन्ने कुरा हो भनेर हामीले प्रश्न गर्यौँ उहाँहरूलाई । यद्यपि हामीले यो ठीक भयो भन्दिएको भए सरकारलाई बाँध्न सकिन्थ्यो । तर, हामीले त्यो भनेनौँ ।
निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउँछ भन्ने कुरामा चाहिँ नेकपा एमाले विश्वस्त छ हैन ?
त्यो त गर्नुपर्छ । उसको दायित्व हो त्यो । निष्पक्ष निर्वाचन गर्न सकिँदैन भने त्यहाँ बस्न हुँदैन । मुलुकको भविष्य र डेमोक्रेसीप्रति कसैले पनि खेलबाड गर्न हुँदैन ।
कतिपय प्रश्न उठाउँदा उठाउँदै पनि तपाईंहरू आयोगको भूमिकाप्रति त विश्वस्त हुनुहुन्छ होला नि ?
लोकतन्त्रमा के हुन्छ भने चेक एण्ड ब्यालेन्स गर्ने निकायहरूले गरेका काम गलत भए हामी गलत भयो भन्छौँ, भएका निर्णयहरू मान्छौँ । जस्तो– अदालतले पक्षपातपूर्ण निर्णय गरेको छ नि त अहिले । यति त हामी भन्न सक्छौँ । तैपनि अदालतबाट आएको फैसला हामी झगडियाले हाम्रो पक्षमा फैसला आएन भनेर नमान्न पाउँदैन नि । फैसला मान्न बाध्य तर गरेका कुराहरूको विरोध हामी गर्छौँ । निर्वाचन आयोगलाई पनि हामीले त्यही नै भन्यौँ । तपाईंहरू निष्पक्ष बन्नोस्, सधैँ प्रशंसा गर्छौँ । तपाईंहरूले पक्षपातपूर्ण काम गर्नुभयो भने हामी विरोध गर्छौँ । यो तपाईंहरूको कुरा हो कि तपाईंहरू कति खरो निक्लिएर जानुहुन्छ ।
म त साइन्स पढेको मान्छे, गतिको नियममा हरेक क्रियाको बराबर तर, विपरीत प्रतिक्रिया हुन्छ । जसरी तपाईंले हान्नुहुन्छ त्यसरी नै जवाफ फर्कने हो । त्यसैले यो स्वभाविक ढंगले लिनुपर्छ ।
आयोगका अधिकारीहरू के भन्छन् भने निर्वाचन आचारसंहितामा जति नै असहमति जनाए पनि, प्रतिबद्धतापत्रमा सही नगरे पनि यो अनिवार्य लागू हुन्छ र यसलाई मान्नैपर्छ । तपाईंहरू आयोगबाट जारी आचारसंहितालाई त मान्नुहुन्छ होला नि ?
हामीले सही गरिसकेका छौँ । हामी गयौँ नि त । हामीले त्यसैबेला पनि भनेका थियौँ, वक्तव्य नै आएको थियो त । हाम्रा केही जिज्ञासाहरू थिए, ती जिज्ञासा स्पष्ट नपारिकन हामी सही गर्दैनौँ भनेका थियौँ । सर्वदलीय मिटिङमा त्यहाँ बहस गर्ने स्थिति नै भएन, कुर्सी हानाहानको स्थिति भयो । नेपाली काँग्रेस लगायत केही दलका मान्छे हतार–हतार सही गरेर हिँड्नुभो ।
आचार संहिता जारी गर्नुअघि हामी डेलिगेसन नै गएका थियौँ, झण्डै सवा घण्टा कुरा राख्यौँ । उहाँहरूले स्पष्ट पार्नुभो, हाम्रा प्रतिनिधिहरूले सही गरेर आउनुभो, सिद्धियो ।
अन्त्यमा, शीर्ष नेताहरूले भाषणका क्रममा असाध्यै तीतो बोलेको सुनिन्छ । मुसाको जुगाँदेखि बाख्रा र भैँसीसम्म विम्बहरू प्रयोग हुने गरेका छन् । तपाईं दोस्रो पुस्ताको नेता हुनुहुन्छ, के भन्नुहुन्छ यस्ता अभिव्यक्ति र विम्बहरूमा ?
दुईटा कुरा छन् । एउटा त यसमा ‘पर्सेप्सन’ छ । मान्छेमा एउटा अवधारणा बनेको हुन्छ, जतिसुकै नरम बोले पनि कडा नै बन्न पुग्छ । जुन मान्यता बनेको हुन्छ, त्यसैका आधारमा बोल्छन् । त्यो हिसावले पनि अरु नसोची फलानाले बोलेको चाहिँ छुच्याइँ हो भन्ने ठान्छन् । एउटा त्यो स्थिति छ ।
दोस्रो– एमाले, माओवादी केन्द्र र माधव नेपालको पार्टीबीचमा हुने तिक्तता भर्खर पार्टी फुटेकाले स्वाभाविक लिनुपर्छ । कुनै एउटा नेताले एक ढंगको भाषा बोल्ने हो भने अर्को नेताले ब्यालेन्स गरिहाल्छ । केपी ओलीलाई यस्तो गर्छु, उस्तो गर्छु भनेपछि उहाँले नमस्कार गर्छु त भन्नुहुन्न, प्रतिवाद त गर्नैपर्यो नि !
म त साइन्स पढेको मान्छे, गतिको नियममा हरेक क्रियाको बराबर तर, विपरीत प्रतिक्रिया हुन्छ । जसरी तपाईंले हान्नुहुन्छ त्यसरी नै जवाफ फर्कने हो । त्यसैले यो स्वभाविक ढंगले लिनुपर्छ ।
राजनीतिमा सैद्धान्तिक नै हो बहस गर्नुपर्ने । हाम्रो अध्यक्षको कुरा गर्नुभएको हो भने उहाँ दर्शन, सिद्धान्त जम्मै विषयलाई स्थानीय भाषामा रुपान्तरण गरेर बोल्नुहुन्छ । धेरै नेताले दर्शनको कुरा गर्दा अररा शब्द प्रयोग गर्नुहुन्छ, मान्छेलाई निद्रा लाग्छ । तर, केपी ओलीले दर्शनको कुरा गर्दा जीवन दर्शन जोडेर बोलिरहनुभएको हुन्छ र मान्छेले घण्टौँ सुन्दा पनि पट्यार मान्दैनन्, रमाइलो मान्छन् । त्यसलाई सकारात्मक रुपमा लिने हो भने ल है जनबोलीमा बोल्या भन्ने लाग्छ । नेगेटिभ लिए उखान टुक्का हाल्यो, उडायो भन्ने भैहाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’
-
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता