शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनबारे जनचेतना फैलाउन विश्व साइकल यात्रा

बिहीबार, ०१ वैशाख २०७९, १४ : ३९
बिहीबार, ०१ वैशाख २०७९

जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।  जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन् । उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताए ।

उनले अभियानमार्फत जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्सर्जन न्यूनीकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने पनि बताए । विश्व साइकल यात्रामा आफुले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिए । आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पदार्थको प्रयोगमा बन्द गर्नुपर्ने उनले बताए ।

उनले साइकलमार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताए । पाँच वर्ष भित्रमा विश्वका १५० देशको यात्रा गर्ने लक्ष्य लिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप