शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलबारे छलफल, एक पालिकामा राप्रपा नेपालको दावी

बिहीबार, ०१ वैशाख २०७९, १४ : ३३
बिहीबार, ०१ वैशाख २०७९

मकवानपुरमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाले सूर्य चिह्नबाट चुनाव लड्ने केन्द्रिय सहमति अनुसार बिहीबारदेखि जिल्ला तहमा छलफल सुरु गरेको हो ।

बिहीबार हेटौंडा–५ स्थित एमाले मकवानपुरको कार्यालयमा दुई पार्टी प्रतिनिधिबीच संयुक्त बैठक बसि छलफल गरेको हो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा निर्वाचनलाई सौहार्दपूर्ण बनाउन सबै तहमा अत्यन्तै सकारात्मक रुपमा गठबन्धनलाई अघि बढाउने बारेमा पनि छलफल भएको छ । गठबन्धनको निष्कर्षमा पुग्नका निमित्त तथ्यसंगत ढंगबाट छलफल थप अगाडी बढाउने दुवै पार्टीका प्रतिनिधिबीच सहमती भएको छ ।

बैठकमा एमाले मकवानपुरका सह–इञ्चार्ज एवम् प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा र राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) अध्यक्ष दामोदर वाग्ले लगायतको सहभागी रहेका थियो ।

छलफलमा जिल्लाको सबै पालिकाहरुमा सहकार्य गर्दा सहमतिको आधार बनाएर भागबण्डा टुङ्ग्याउने तयारी रहेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष सापकोटाले बताए । उनले गठबन्धन गरेर जाँदा मकवानपुरको १० वटा पालिका मध्ये एउटामा प्रमुख र केही पालिकामा उपप्रमुख पद राप्रपाले पाउनु पर्ने बताए । जिल्लाका १० स्थानीय तहको १०२ वटा वडाहरूमा पनि सम्मानजनक हिसावले भागबण्डा गरेर अध्यक्षसहित सदस्यहरु पाउनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप