अफगानिस्तानको तालिबान सरकारले भन्यो, ‘हाम्रो यहाँको मानवाधिकार बारे अमेरिकाले चिन्ता नगरोस्’
अफगानिस्तानको तालिबान सरकारले अमेरिकी विदेश मन्त्रालयको वार्षिक रिपोर्टमा मानवाधिकारमाथि प्रश्न उठाएको विषयमा कडा आपत्ति जताएको छ । तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानमा मानवाधिकारमाथि अमेरिकाको रिपोर्ट साँचो नभएको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा मानवाधिकार त्यतिबेला हराएको थियो जब कब्जा गर्ने अमेरिका र उसका सहयोगी हरेक दिन २०० अफगानीलाई मारिरहेका थिए । उनीहरुको घरमा बमबारी गरिँदै थियो ।’
1/3- # Response:
— Zabihullah (..ذبـــــیح الله م ) (@Zabehulah_M33) April 14, 2022
The US State Department's annual report, which raises concerns about human rights in Afghanistan, is incorrect.
Human rights were lost in Afghanistan at a time when the American occupiers and their supporters were killing up to 200 Afghans a day.
जबिउल्लाह मुजाहिदले आरोप लगाए अनुसार त्यतिबेला करिब १५ हजार राजनीतिक कैदी राखिएका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘हालको समयमा कुनै पनि अमानवीय कार्य भएको छैन । यहाँ सबै वैध मानवाधिकारको प्रत्यायभूति दिइन्छ । त्यसैले यहाँको चिन्ता गर्नु कुनै कारण छैन ।
अमेरिकाले मानवाधिकारमाथि आफ्नो वार्षिक रिपोर्टमा अघिल्लो वर्ष १५ अगस्टअघि अफगानिस्तानमा जनताले चुनेको सरकार भएको बताउँदै त्यसपछि तालिबानले सत्तामा नियन्त्रण लिएको र आफ्ना सदस्यलाई सरकारमा बसाएको बताएको छ । अमेरिकाले विस्तारपूर्वक अफगानिस्तानको हालको स्थितिमाथि जानकारी दिएको छ र त्यहाँ मानवाधिकारको स्थिति चिन्तित बनाउने खालको भएको दाबी गरेको छ ।