आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरमा मृत भेटिएकी छात्राले आत्महत्या गरेको प्रहरीको निष्कर्ष

ऋण लिएर विदेश पठाएको पैसा फिर्ता नपाउँदा घटना
बिहीबार, ०१ वैशाख २०७९, १२ : ४८
बिहीबार, ०१ वैशाख २०७९

चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई चैत २५ मा मृत फेला परेकी थिइन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।

बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब थियो । राईले आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ । घटनास्थलमा विषको बट्टा पनि फेला परेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले विष सेवन पछि नीलाले बायाँ हातको नाडीमा गहिरो हुनेगरी काटेर आत्महत्या गरेको रातोपाटीलाई बताए ।

उनी काठमाडौं महानगरपालिका–६ कपनस्थित सरस्वतीनगरमा अरु दुई छात्रासँग बस्थिन् । विदेशमा बस्ने एकजना पुरुषलाई नीलाले पैसा पठाएकी थिइन् । ऋण लिएर पठाएको पैसा फिर्ता नपाउँदा उनले आत्महत्याको बाटो रोजेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।   

नीलाको हत्या पुष्टि हुने प्रमाण नभेटिएको बताउँछन् महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपाने । विष खाएपछि आफैंले नाडीमा काट्दा नशा काटिएर रगत बगेपछि उनी जंगलबाट चिप्लिएकी देखिन्छ ।  प्रहरीले रुखमा अड्किएको अवस्थामा उनको शव फेला पारेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप