शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य जनमुक्ति पार्टीमा प्रवेश

बिहीबार, ०१ वैशाख २०७९, १२ : ३२
बिहीबार, ०१ वैशाख २०७९

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का केन्द्रीय सदस्य हसन रजा मुसलमान ‘टिपु सुल्तान’ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

क्रान्तिकारी माओवादी परित्याग गरी जनमुक्ति पार्टीमा प्रवेश गरेका उनलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ लगायतले पार्टीमा स्वागत गरेका थिए ।

उनीसहित मोर्चासम्बद्ध रुपन्देहीका जिल्ला सदस्य शान्ति खरेललगायत जनमुक्ति पार्टीमा प्रवेश गरेको सचिव मोजीब अलीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप