शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

असममा विषालु च्याउ खाँदा ३५ जना बिरामी, १३ को मृत्यु

बिहीबार, ०१ वैशाख २०७९, १२ : २७
बिहीबार, ०१ वैशाख २०७९

असममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा. प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृत्यु भएको छ ।

डा. दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’

उनले भने, ‘सोमबार चारजनाको मृत्यु भएको थियो जबकी मंगलबार थप ९ जनाको मृत्यु भयो । सबै पीडितले आफ्नो घरमा जंगली विषालु च्याउलाई सामान्य च्याउ ठानेर खाएका थिए । यो च्याउ खाएपछि यी सबैलाई असजिलो भएको, बान्ता भएको र पेट उमठेको थियो । जब स्थिति झन् नाजुक भयो तब उनीहरुलाई एएमसीएचमा उपचारका लागि लगियो ।’

पछिल्लो पाँच दिनमा ३१ वयस्क र चार बच्चालाई विषालु च्याउका कारण एएमसीएचमा भर्ना गरिएको छ । जुन १३ बिरामीको मृत्यु भएको छ तीमध्ये १२ वयस्क थिए र एक नाबालिग थिए । जबकी २ बिरामीको स्थिति गम्भीर बताइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप