२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा

नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ । जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।
शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक मनोज कुमार गिरीले जानकारी दिए ।
६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटलमा सुपर डिलक्स, डिलक्स गरि २४ वटा एसी रुमहरु छन् । यस्तै २ वटा हल, मल्टी कुजिन फाइनडाइन रेष्टुरेन्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको होटेल संचालक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर