आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रमा एआईजी बढुवा गर्न ३ दिने सूचना

बिहीबार, ०१ वैशाख २०७९, ११ : १९
बिहीबार, ०१ वैशाख २०७९

सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।

सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतमचाहिँ २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । प्रतिस्पर्धीहरुलाई बढुवा प्रयोजनका लागि आवश्यक प्रमाण पत्रका प्रतिलिपीहरु संलग्न गरेर मूल्याङ्कन फारम ३ दिनभित्र बुझाउन भनिएको छ । ‘सशस्त्र प्रहरी नियमावलीको नियम ५१ सँग सम्बन्धित मूल्याङ्कन फारम भरेर गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना प्रकाशन गरिएको छ’–बुधवार जारी सूचनामा भनिएको छ ।

अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आइजिपी नियुक्त हुनेछन् । बुधवार नियुक्त आईजीपी केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । उनीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप