मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘केजीएफ २’ सँग भिड्दै ‘ए मेरो हजुर ४’

बिहीबार, ०१ वैशाख २०७९, १० : ५९
बिहीबार, ०१ वैशाख २०७९

नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि एक साउथ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ । दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि नयाँ वर्षको अवसर पारेर यी दुई फिल्म एक दिन अगाडिनै आएको छ ।

‘केजीएफ २’ : 
‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित फिल्म विश्वव्यापी रुपमा रिलिज भएको हो । फिल्मको नेपालमा पनि व्यग्र प्रतिक्षा थियो । यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका रहेको फिल्म छ । ‘ केजीएफ–२’ को क्रेज यतिसम्म छ कि नेपालमा पनि आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइसकेको छ ।

‘ए मेरो हजुर ४’ :
‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशन रहेको फिल्म हो । अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको अभिनय छ । प्रेम कथामा आधारित रहेर निर्माण भएको फिल्म सुनील कुमार थापाले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप