आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

बिहीबार, ०१ वैशाख २०७९, १० : ३८
बिहीबार, ०१ वैशाख २०७९

क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ । नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो ।

हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिएको मिश्रले प्रष्ट पारे । 

अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप