सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आन्ध्र प्रदेशमा एक कारखानामा आगलागी, ६ को मृत्यु

बिहीबार, ०१ वैशाख २०७९, १० : ३६
बिहीबार, ०१ वैशाख २०७९

आन्ध्र प्रदेशमा ईलुरु जिल्लाको अक्किरेड्डीगुडेममा एक रसायनिक कारखानामा आगलागीका कारण ६ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

ईलुरुका प्रहरी अधिकारी देव शर्माले घाइतेको उपचार विजयवाडामा एक सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

उनले बुधबार राती पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको बताए । नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि आगालागी भएको र थुप्रै कामदार त्यसमा फसेका थिए ।

समाचार एजेन्सी पिटिआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइतेमध्ये चारजनाको अवस्था निकै गम्भीर छ ।

यतिबेला मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले यो घटनामाथि दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवारलाई २५ लाख, गम्भीर रुपमा घाइतेलाई पाँच लाख र सामान्य रुपमा घाइतेलाई दुई लाख दिने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप