स्वच्छ एवम् निष्पक्ष न्याय सम्पादन गर्ने कार्यमा न्यायपालिका कटिबद्ध छ : कामु प्रधानन्यायाधीश कार्की
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कोरोना महामारीका कारण आक्रान्त भएको नेपाली जन जीवनमा नयाँ वर्ष २०७९ ले आशाका नयाँ किरण सञ्चार गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै कार्कीले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी एवम् न्यायपालिकामा कार्यरत कर्मचारी एवम् सम्बन्धित सबैको हर्ष एवम् उल्लासको वर्ष बन्न सकोस् भन्ने कामना गरेका हुन् ।
कार्कीले भनेका छन्, ‘न्यायिक मूल्य मान्यतामाथि भएका प्रहारहरूलाई चिर्दै संविधान, कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा स्वच्छ एवम् निष्पक्ष न्याय सम्पादन गर्ने कार्यमा न्यायपालिका कटिबद्ध छ।’ उनले जनताको आस्था एवम् विश्वासको धरोहरको रूपमा रहिरहन न्यायपालिकाले जनतालाई गुणस्तरीय न्याय प्रवाह गर्ने कार्यमा दत्तचित्त भएर लागि परेको बताएका छन् ।
उनले ढिलो न्याय दिनु न्याय दिन इन्कार गर्नु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै न्यायिक सेवा प्रवाहलाई उचित समयावधि भित्र सम्पन्न गर्नको लागि मुद्दा व्यवस्थापन पद्धतिमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै न्यायिक पद्धति सुधारका कार्यलाई अगाडि बढाइएको बताएका छन् । ‘न्यायपालिकामा कार्यरत जनशक्ति तथा सरोकारवाला निकायहरूको सहयोगले आगामी दिनहरूमा न्यायिक सुधारको कार्यले अझ गति लिनेछ भन्ने विश्वास लिएको छु,’ उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन