बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आलिया रणबीरको विवाहमाथिको सस्सपेन्स समाप्त

बिहीबार, ०१ वैशाख २०७९, ०९ : ००
बिहीबार, ०१ वैशाख २०७९

बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टकोका प्रशंसकका लागि त्यो पल आइसकेको छ जसको उनीहरुलाई धेरै अघिदेखि प्रतीक्षा थियो ।

करिब चार वर्षदेखि रणबीर र आलियाको विवाहबारे मानिसहरु कुरा गरिरहेका थिए तर अब यी सबैमाथि दुबैले पूर्णविराम लगाइदिएका छन् ।

रणबीर र आलियाका विवाह हुँदैछ । यी दुईको विवाहका कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

सुरु भयो विवाहका कार्यक्रमः

रणबीर कपुरकी आमा र पुरानो समयकी अभिनेत्री नितू कपुर र उनको परिवार विवाहका कार्यक्रम आयोजनाका लागि व्यस्त छन् ।

रणबीर कपुरकी दिदी रिद्धिमा कपुर साहनी र उनका भिनाजु भारत साहनी दिल्लीबाट मुम्बई पुगिसकेका छन् । यी कार्यक्रमको सुरुवात पुजाबाट भएको छ ।

कपुर परिवारले बुधबारको पूजा बान्द्राको पाली हिलस्थित वास्तु बिल्डिङमा राखेका थिए ।

यो बिल्डिङमा रणबीर कपुर आठौँ तलामा बस्छन् र आलिया भट्ट पाँचौ तलामा बस्छिन् ।

यो पूजामा कपुर परिवार र भट्ट परिवारका नजिकका व्यक्ति समावेश भएका थिए । बुधबार बेलुका मेहन्दी कार्यक्रम पूरा भएको छ । मेहन्दीपछि हल्दी र सङ्गीतको कार्यक्रम हुनेछ ।

बलिउड विवाहमा मितिमाथि सस्पेन्सः

बलिउड क्षेत्रमा जब कुनै अभिनेता वा अभिनेत्रीको विवाहको चर्चा हुन्छ तब उनीहरुको विवाहको मितिको विषयमा धेरैजसो सस्पेन्सको स्थिति रहन्छ । यसअघि दिपिका पादुकोण, रणवीर सिहंको विवाह र त्यसपछि कट्रिना कैफ र विक्की कौशलको विवाह पनि यसरी नै भएको थियो र आलिया र रणबीरको विवाहमा पनि यस्तै हाल छ ।

हालै जुनियर रियालिटी डान्स शोमा निर्णायकको रुपमा नितू कपुर संलग्न भएकी थिइन् । यो मौकामा जब उनलाई रणबीर र आलियाको विवाहको मितिबारे सोधियो तब उनले आफूलाई यसबारे केही जानकारी नभएको बताएकी थिइन् ।

नितुमात्रै होइन निर्देशक सञ्जय लिला भंसालीको फिल्म गंगुबाई काठियावाडीको प्रोमोशनका बेला आलिया भट्टलाई नै विवाहबारे सोध्दा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि मानिसहरुले अब थोरै ब्रेक लिनुपर्छ । अघिल्लो वर्ष बलिउडबाट दुई सुन्दर विवाह भएको छ । मलाई लाग्छ अब हामी थोरै चिल हुनुपर्छ, फिल्म हेर्नुपर्छ, फिल्ममा काम गर्नुपर्छ, त्यसपछि मात्रै अरु कुरा हेर्नुपर्छ ।’

विवाहको मितिमा रणबीरको जवाफः

आलिया भट्ट र रणबीरलाई अवार्ड कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेको थुप्रै पटक देखियो तर विवाहको मितिको विषयमा यी दुबैले केही कुरा बताएनन् ।

हालै जब रणबीर कपुरलाई विवाहको विषयमा प्रश्न सोधियो तब उनले भनेका थिए, ‘विवाहको मिति मिडियामा घोषणा गर्नलाई मलाई पागल कुकुरले टोकेको छैन । तर यति भन्न सक्छु कि म र आलिया दुबै विवाह बन्धनमा बाँधिने योजना बनाइरहेका छौँ । आशा गर्छु यो छिट्टै होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप