सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सडक पुर्वाधारवीना कर्णालीको विकास हुन सक्दैन : मुख्यमन्त्री शाही

बिहीबार, ०१ वैशाख २०७९, ०८ : १०
बिहीबार, ०१ वैशाख २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’

उनले प्रदेश संरचना बनेपछि सडक पुर्वाधारका महत्वपुर्ण कामहरु भएको दाबी समेत गरेका छन्। यतिमात्र होइन् उनले कर्णालीको विकासका लागि आफ्नो ‘छ ब’ वाला सुत्रको अवधारणा अघि सारेको पनि उल्लेख गरेका छन् । बाटो, विद्युत, विचार, बन, बजार र व्यवस्थापन कर्णाली समृद्धिका आधारहरू हुन्,’ उनले भने,‘ स्थानीय सरकार भनेको चुल्होको सरकार, संघीय सरकार सुनिने र प्रदेश सरकार देखिने सरकार हो । संघीय सरकारबीचको सहकार्य र सह अस्तित्वलाई हामीले महत्व दिएका छौं।’

साथै मुख्यमन्त्री शाहीले समय नै सबैभन्दा बलवान, जीवन र धन भएको उल्लेख गरेका छन् । नयाँ बर्षमा सबैले समयको महत्वलाई बुझेर अघि बढ्न सक्यौं भने कर्णालीलाई समृद्धिको मार्गमा डो-याउन हामी सफल हुनेछौं,’ उनले भने,‘ नयाँ बर्ष ०७९ ले राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश र उत्साह पैदा गर्न सकोस् शुभकामना व्यक्त गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप