मुम्बईको पाँचौं हार, पन्जाब तेस्रो स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।
मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट लिए । पन्जाबका भिवाव अरोराले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले शिखर धावन र मयकं अग्रवालको अर्ध शतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो ।
पन्जाबका लागि ५० बल खेलेका धावनले ५ चौका र ३ छक्काको सहयोगमा ७० रन बनाए । त्यस्तै ३२ बल खेलेका कप्तान अग्रवालले ६ चौका र २ छक्का प्रहार गरे । बलिङतर्फ मुम्बईका लागि बसिल थाम्पीले दुई विकेट लिए । त्यस्तै जयदेव उन्डाकट, जस्प्रीत भुम्राह र मुर्गान आश्विनले एक–एक विकेट लिए ।
जितसँगै पन्जाबले ५ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको तेस्रो स्थानमा छ । पराजित मुम्बई ५ खेलबाट अंक जोड्न नसकेर तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने