आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन सफल बनाउन प्रदेश सरकारले हर प्रकारको सहयोग गर्छ : मुख्यमन्त्री राई

बुधबार, ३० चैत २०७८, २२ : २२
बुधबार, ३० चैत २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारेका हुन् ।

‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं’ मुख्यमन्त्री राईले भने । । सो अवसरमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति वैशाख ३० गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक हुने स्पष्ट पार्दै निर्वाचनमा प्रदेश सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे ।

प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेको जानकारी दिँदै केही जिल्लाको मतपत्र छपाइका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेको उल्लेख गरे । प्रमुख आयुक्त थपलियाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा कुनै पनि प्रकारका माध्यममा नदिन आग्रह समेत गरे ।

कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरीत हुने उनले प्रष्ट पारे । प्रदेश नं. १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिवद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप