धनकुटामा एक लाख १६ हजार मतदाता
धनकुटा जिल्लाका कुल मतदाताहरूमा करिब ११ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार करिब ११ हजार मतदाता थपिएसँगै जिल्लामा मतदाताहरूको संख्या १ लाख १६ हजार पुगेको छ ।
धनकुटामा कुल एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेकामा यसवर्ष १० हजार सात सय ७७ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा धनकुटामा ९५ हजार तीन सय ७२ मतदाता थिए ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका मतदाता संख्या एक लाख १५ हजार नौ सय ६५ पुगेको छ । एक क्षेत्र प्रतिनिधी सभा र २ क्षेत्र प्रदेश सभा रहेको धनकुटामा ७० हजार २ सय ८० मत खसेको थियो । जसमा ३ हजार ५ सय १६ मत बदर भएको थियो ।
कुल खसेको सदर मतमध्ये बाम गठबन्धनका राजेन्द्र राईले ३७ हजार ३ सय ३३ मत र लोकतान्त्रिक गठबन्धनका सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । प्रदेशसभा ‘क’ मा ३७ हजार २ सय ७२ मत र प्रदेश ‘ख’ मा ३२ हजार ९ सय ५ मत खसेको मध्ये क्षेत्र ‘क’ मा ३५ हजार ५ सय २ मत सदर र प्रदेश ‘ख’ मा १ हजार ७ सय ७० मत बदर भएको थियो । प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र ‘ख’ मा ३१ हजार ४ सय ५२ मत सदर र १ हजार ४ सय ५३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा ६९ हजार १६ मत खसेको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । धनकुटामा १ सय १८ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो