एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि आफ्नो पार्टी एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन् । सोही कारण एमालेसँग तालमेल गरेर सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ ।
उनले एमालेले आफ्नो पार्टीलाई स्वीकार गरेकामा प्रसन्नता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उमेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिन्ह रहने भएकाले मतपत्र बदर हुनबाट रोक्न एकै चिह्न लिने नि सहमति गरेको उनको भनाइ छ । उनले जितेपछि आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेको पनि स्मरण गराएका छन् । आजै कमल थापाको राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेलसम्बन्धी ५ बुँदे सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चारै प्रहर पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?