शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवालको घरमा तोडफोड गर्ने ८ जना जमानतमा छुटे

बुधबार, ३० चैत २०७८, २१ : २५
बुधबार, ३० चैत २०७८

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागी मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ । 

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो । उनीहरुले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन गरेका थिए क्रममा कयौं कार्यकर्ता पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप