एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर कोडसम्वन्धी सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्यू.आर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।
यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्यू.आर. कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरूमा आवश्यक छुट दिनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव