एमाले मकवानपुरले बनायो उम्मेदवार छनौट समिति
नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको छ । एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको हो ।
बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा र सिता विष्ट रहने छन् । उक्त छनौट कमिटीले सबै पालिकाबाट आएको उम्मेदवारहरूको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरूको सर्वसम्मत उम्मेदवारहरूलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मेवारी पाएको छ ।
त्यस्तै सो कमिटीले पार्टीको हेटौंडा उपमहानगरपालिकाबाट सिफारिसमा परेका उम्मेदवारहरूको विवरण प्रदेश कमिटीमा पठाउने छ । सो कमिटीले छनोट गरेको उम्मेदवारहरूको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ । जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरूको छनोट गरि अनुमोदन गर्ने काम ४–५ दिनमा सम्पन्न हुने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
बैठकले अध्यक्ष श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । कमिटीको सह–संयोजकमा उपाध्यक्ष थापा, सचिवमा सिग्देल तथा उप–सचिवमा लामा र बिष्टलाई नै तोकेको छ । निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वडा जनवर्गीय संगठनका प्रतिनिधि रहने छन् । त्यस्तै सो कमिटीको ५५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । बैठकले स्थानिय निर्वाचन २०७९ को आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएको छ । निर्वाचनलाई विश्वसनिय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरूलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिवाद गर्ने निर्णय भएको छ ।
मकवानपुरमा रहेका एमालेका ९ हजार ५०० संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सक्रिय भई एमालेका उम्मेदवारहरूलाई जिताउन घरदैलो कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको छ । त्यस्तै बैठकले जिल्ला सदस्य रहेका उत्तम शर्मा न्यौपानेलाई संगठन र पार्टीको हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको उपसचिव लामाले जानकारी दिए । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गरि अन्त सार्ने नियतले ल्याइएको अध्यादेश विरुद्ध खेद प्रकट गर्ने तथा उक्त कार्यप्रति भत्सना जनाउने बैठकले निर्णय गरेको उनले बताए ।बैठकले प्रतिष्ठानलाई अस्पतालबाट अलग गर्ने कार्य सिंगो मकवानपुर जिल्लावासीहरुको हितविपरीत गरिएको कुटनीतिक चालको भण्डाफोर गर्ने, तथा प्रतिष्ठान जुन उद्देश्यले स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’