शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको गोदावरी नगरपालिका दुई  प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बुधबार, ३० चैत २०७८, १८ : ५२
बुधबार, ३० चैत २०७८

कैलालीको गोदावरी नगरपालिका तत्कालीन दुई जना प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न १३ वटा सडकमा गुणस्तरहीन काम हुँदा पनि भुक्तानी दिएको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको प्रतिवेदन अनुसन्धान गर्दा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको खुलेको अख्तियारले जनाएको छ । यस्तै इन्जिनियर र सबईन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको खुलेको अख्तियारले जनाएको छ । साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य र बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारको दाबी छ ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत विष्टले ॅस्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्नका लागि सम्बन्धित साइट इन्जिनियर प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाई गुणस्तरहीन वेस कोर्स र सब–वेस कोर्सको कार्य गराएको र प्रिमिक्स कार्यमा तोकिए बमोजिमको मोटाइको कार्य नगरी वास्तविक कार्यभन्दा बढी कार्यलाई  स्तरयूक्त नाप देखाई मूल्यांकनमा प्रत्यक्ष सहभागि भई ३६ लाख ९१ ह्जार नौ सय २२ रुपैया हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ’ आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीले ॅस्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरिवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्नका लागि सम्बन्धित साइट इन्जिनियर प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कवितामा सही गरी सहमति जनाई गुणस्तरहीन वेस कोर्स र सब–वेस कोर्सको कार्य गराएको र प्रिमिक्स कार्यमा तोकिए बमोजिमको मोटाइको कार्य नगरी वास्तविक कार्यभन्दा बढी कार्यलाई  स्तरयूक्त नाप देखाई मूल्यांकनमा प्रत्यक्ष सहभागि भई ४५ लाख २२ हजार तीन सय छ रुपैया हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ’ आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

इन्जिनियर पूर्ण कुवरले गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरी वास्तविक कार्य सम्पादन गराई सो चेकजाँच गरी मूल्यांकन प्रतिवेदन पेश गर्नुपर्नेमा पदीय जिम्मेवारी बमोजिम सुपरिवेक्षण गर्न नसकेको नापी किताबमा सही गरी सहमति जनाई गुणस्तरहीन वेस कोर्स र सब–वेस कोर्सको कार्य गराएको र प्रिमिक्स कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य नाप देखाई मूल्याङ्कनमा प्रत्यक्ष सहभागि भई ८२ लाख १४ हजार दुई सय २९ रुपैया हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको’ उल्लेख छ ।

सब–इन्जिनियर भण्डारीले २५ लाख १० हजार चार सय ५७ रुपैयाँ, नरेन्द्र शाहीले १७ लाख ५६ हजार पाँच सय १९ रुपैया, राजेन्द्र भण्डारीले ३६ लाख सात हजार एक सय ३९ रुपैयाँ, ल्याव टेक्निसियन धनबहादुर विष्टले ७४ लाख ४१ हजार आठ सय ५५ रुपैयाँ र निर्माण व्यवसायी डम्बर चन्दले ८२ लाख १४ हजार दुई सय २९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी गरेको आरोपपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप