बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटमा वर्ष २०७८ : विश्वकप खेल्ने सपना अधुरोदेखि पारसको सन्‍न्‍याससम्म

बुधबार, ३० चैत २०७८, १८ : ५०
बुधबार, ३० चैत २०७८

वर्ष २०७८ मा नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो । विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोटको सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनल खेलमा यूएईसँग पराजित हुँदा विश्वकप खेल्नबाट वञ्चित भयो ।  युवा कप्तान सन्दीप लामिछाने नेपाललाई विश्वकपमा पुर्‍याउनबाट चुके । देशलाई विश्वकपमा पुर्‍याउन नसकेपनि वर्षको अन्त्यतिर घरेलु मैदानमा त्रिकोणात्मक सिरिजको उपाधि दिलाउँदै थोरै खुशी थपे ।

नेपालले विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू मा पनि औसत प्रदर्शन गर्यो । लिग टू मा हालसम्म १० खेल खेलेको नेपाल १० अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।  त्यस्तै क्रिकेटमा यो वर्ष क्यान र खेलाडीबीचको विवादले पनि चर्चा पायो । ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीलाई कप्तान र उप–कप्तानको जिम्मेवारीबाट हटाउनेसम्म निर्णय भयो । सोही निर्णयले सन्दीप राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारीमा आए ।

कोरोना महामारीका कारण थलिएको क्रिकेट उँभो लाग्ने पनि यसै वर्षमा भयो । विश्वकप जिताएका डेभ वाट्मोरले पनि नेपाली टोली सम्हाल्न पुगे । उनले नेपाली टोली मात्र सम्हालेनन्  टिममा ओपनरको समस्या पनि हल गरे । नेपाली टोलीमा पुबुदु दशानायके पनि फर्किए । उनले नेपाललाई सोचे अनुरुप नतिजा दिलाउन भने सकेनन् । तर, नेपाली टोलीमा केही परिवर्तन भने पक्कै आएको छ ।

नेपालले समग्रमा यो वर्ष ३० खेल खेल्यो । जसमा २० खेलमा जितको नतिजा निकाल्यो भने १० खेलमा हार व्यहोर्‍यो । नेपालले १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ६ खेलमा जित निकाल्यो भने ६ खेलमा पराजित हुन पुग्यो ।  नेपालले १८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्यो जसमा १४ खेलमा जित निकाल्दा ४ खेलमा पराजित हुन पुग्यो ।

विश्वकपको सपना अधुरो 

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटमा नेपालले सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । अन्तिम निर्णायक खेलमा भने नेपाल पराजित हुँदै विश्वकप खेल्नबाट बञ्चित भयो । नेपाले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । नेपाली टोलीलाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्ने मुख्य प्रशिक्षक थिए, पुबुदु । संयोगबस उनै पुबुदुले यो पटक पनि नेपाललाई विश्वकप खेलाउने जिम्मेवारी पाएका थिए । तर, उनी यो पटक सफल हुन सकेनन् ।

ग्लोबल छनोट ‘ए’मा नेपालले कूल ५ खेल खेल्दा एउटा खेलमा पराजित भयो । युएई विरुद्ध सेमिफाइनल खेलमा पराजित हुँदा नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

लिग टुको महत्त्वपूर्ण खेलमा कमजोर

नेपालले आईसीसी विश्वकप लिग टू मा सोचे अनुरुप प्रदर्शन गर्न सकेन । नेपाल महत्वपूर्ण खेलमा कमजोर बन्न पुग्यो । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने बाटो नेपाललाई बाँकी नैछ ।

त्यसको लागि नेपाललाई बाँकी सबै खेलमा जित निकाल्न आवश्यक छ । त्यसपछि नेपालका लागि ग्लोबल छनोटको बाटो खुल्नेछ । लिग टू अन्तर्गत नेपालले यो वर्ष कूल ८ खेल खेल्यो । दुई वटा त्रिकोणात्मक श्रृंखलामा नेपालले एउटा श्रृंखला ओमान र अर्काे यूएईमा खेलेको थियो ।

नेपालले खेलेका ८ खेलमा ४ खेल जित्यो भने ४ खेलमा पराजित भयो । नेपाल यूएई र ओमानसँग कमजोर बन्यो । पपुवा न्युगिनी (पीएनजी) र अमेरिकासँग नेपाल बलियो बन्यो । नेपालले अमेरिका र ओमानसँग लिग टु श्रृंखलामा समान नतिजा हात पार्यो । नेपालले अमेरिका र ओमानलाई एक–एक खेलमा हराउँदा एक खेलमा पराजित हुन पुग्यो ।

वर्षको अन्तिम तिर नेपालले युएईमा युएई र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्यो । यो सिरिजमा पनि नेपालको औसत प्रदर्शन भयो । नेपाल युएईविरुद्ध बन्दा पीएनजीविरुद्ध भने बलियो सावित भयो । युएईसँग दुई खेलमा पराजित हुँदा पीएनजीविरुद्ध भने जित निकाल्यो ।

लिग टुमा नेपालले १२ खेलमा ६ जित र ६ हारसँगै १२ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ ।  अब नेपालले ६ सिरिज खेल्न बाँकी छ । नेपालले बाँकी २४ खेल मध्य २० खेलमा सहज जित निकाल्यो भने विश्वकपको सपना साकार हुनेछ ।

लिग टुको शीर्ष तीन स्थानमा रहने टोली एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

पीएनजीविरुद्ध बलियो यूएईविरुद्ध कमजोर

नेपालले यो वर्ष सबैभन्दा धेरै खेल पीएनजी र यूएईविरुद्ध खेल्यो । नेपाल यूएईविरुद्ध सबै खेलमा कजोर बन्यो । यता यूएईविरुद्धका खेलहरु नेपालका लागि सहज भए ।​  युएईविरुद्ध यस वर्ष टी–ट्वान्टी र एकदिवसीयमा गरी ४ खेल्यो । चारवटैमा खेल नेपालका लागि महत्त्वपूर्ण थिए । तर नेपाल चारै खेलमा नेपाल पराजित भयो ।

टी–ट्वान्टी ग्लोबल छनोटमा नेपाल विश्वकप यात्राको अन्तिम खेलमा यूएईसँग पराजित हुँदै बारियो ।  चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपाल पराजित भयो ।  एकदिवसीय खेलमा नेपाल दुई खेलमा यूएईविरुद्ध कमजोर भयो । लिग टूको त्रिकोणात्मक सिरिजको दुवै खेलमा नेपाल युएईसँग पराजित भयो ।

यता पीएनजीविरुद्ध नेपालले यो वर्ष ९ खेल खेल्यो । जुन एकै वर्ष नेपालले खेलेको सर्वाधिक खेल हो । एकदिवसीयमा नेपालले ६ खेल खेल्दा टी–ट्वान्टीमा ३ खेल खेल्यो ।  नेपालले पीएनजीसँग युएईमा भएको क्रिकेट विश्वकप लिग टुको श्रृंखलामा दुबै खेलमा नेपालले जित निकाल्यो । त्यसको एक साता पछि घरेलु मैदानमा भएको द्विपक्षीय सिरिजमा पीएनजीले क्लिन स्विप गर्यो ।

नेपालले यही वर्ष पीएनजीसँग दुई वटा द्विपक्षीय श्रृंखला खेल्यो । भदौमा ओमानमा भएको श्रृंखलाको दुवै खेलमा नेपाल विजयी भयो । त्यसपछि टी–ट्वान्टी सिरिजको दुई खेलमा नेपालले पराजित गर्यो । एकदिवसीयमा ६ खेल खेल्दा नेपालले पीएनजीलाई ४ खेलमा हरायो । २ खेलमा पीएनजी विजयी भयो ।

टी–ट्वान्टीतर्फ नेपाल, पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज जितेको थियो । जसमा नेपालले लिगमा दुई पटक र फाइनलमा गरी तीन पटक पीएनजीलाई पराजित गर्यो । नेपालका लागि सर्वाधिक खेल खेलेको ओमानसँग पनि हो । नेपालले ओमानसँग पनि ५ खेल खेल्यो । जसमा नेपालले ४ खेल जित्दा ओमानले एक खेल जितेको थियो ।

पारको सन्न्यास, सन्दीपको कप्तानी आगमन

पारस खड्का नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् । पछिल्लो समय नेपाली क्रिकेटले जेजति सफलता पाएको छ त्यो सफलतामा उनको पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गत साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरे ।

लामो समय नेपाली क्रिकेटमा बिताएका उनले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । पारसले क्यान निलम्बनबाट फुकुवा भएर नयाँ नेतृत्व आएको भोलिपल्ट नै कप्तानीबाट राजीनामा दिएका थिए । उनले १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।

पारस अहिले पनि क्रिकेटमा योगदान दिने उद्देश्यका साथ क्रिकेट एकेडेमी खोलेर बसेका छन् । उनले हाल क्रिकेट एक्सलेन्स सेन्ट (सीईसी) नामको एकेडेमी सञ्चालन गरिरहेका छन् ।  पारसको सन्न्यासपछि नेपाली टोलीमा नयाँ कप्तानको उदय भएको छ । युवा ग्लोबल स्टार सन्दीप लामिछाने कप्तान बन्न सफल भएका छन् । २१ वर्षको उमेरमा नै उनी कप्तानको भूमिकामा छन् ।  सन्दीप नेपालको दशौं कप्तानको रुपमा नेपाली टोली सम्हाली रहेका छन् । क्यानले ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीलाई कारवाहीमा राखेपछि सन्दीपले कप्तानको जिम्मेवारी पाएका थिए ।

क्यान र खेलाडीबीच विवाद

मैदान भित्रसँगै यो वर्ष मैदान बाहिर पनि खेलाडी र क्यानको चर्चा धेरै भयो । खेलाडी वर्गीकरणको विषयलाई लिएर क्यान र खेलाडीबीच विवाद भयो । खेलाडीहरुले वर्गीकरणको विषयमा क्यानसँग कुरा गर्न मिल्ने भएपनि मिडियामा बोलेको भन्दै क्यानले स्पष्टिकरण सोध्यो ।

खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई क्यानले स्पष्टिकरण सोधेको थियो । खेलाडीहरुले दुबै पटक सोधेको स्पष्टिकर चित्त बुझ्दो नमानेपछि क्यानले खेलाडीलाई कारवाही गर्ने निर्णय गर्यो ।

सबै खेलाडीहरुलाई ६ महिना कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि पदबाट पनि मुत्त गर्यो । पदमुत्त हुँदा ज्ञानेन्द्र मल्लले कप्तानी गुमाउँनु पर्यो । त्यस्तै दिपेन्द्रले पनि उपकप्तानको जिम्मेवारी गुमाउनु पर्यो ।

पछि क्यानलाई खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिष्द (राखेप)ले दवाव दिएपछि  क्यानले जिम्मेवारीबाट हटाएपनि उनीहरुलाई गरिएको ६ महिनाको कारवाही फिर्ता लियो । तर, पनि अहिलो राष्ट्रिय टोलीमा त्यो कारवाहीको केही छाप भने बाँकी छ ।

पुबुदुको पुनरागमदेखि वाटमोरको छोटो इनिङ्स

श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि जिताउन सफल डेभ वाटमोर नेपाली क्रिकेटको सम्हाल्न आएका थिए । क्यानसँग करीव एक वर्षको सम्झौता गरेका वाटमोर सम्झौता पूरा नहुँदै भारतको स्टेट टिममा पुगे ।  नेपाली टोली ओमान भ्रमणमा हुँदा वाटमोरले राजीनामा दिएका थिए । आईसीसी क्रिकेट विश्वकप लिग टू सकिएपछि उनी उतैबाट भारतर्फ प्रथान भए । नेपालले ओमान र अमेरिकासँग त्रिकोणत्मक सिरिज खेलेको थियो ।

कोरोना महामारीकाबीचमा नेपाल आएका उनले छोटो समयमा केही राम्रो प्रभाव छाडे । उनले नेपालका लागि दिर्धकालिन ओपनरको आवश्यक्ता पनि पूरा गरे ।

वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । वाटमोर नेपाल नफर्केपछि नेपाली टोलीले लामो समय प्रशिक्षक पाउन सकेन । तीन महिनापछि क्यानले प्रशिक्षका लागि आवेदन माग गर्यो ।

वाटमोर आएको समयमा पनि आवेदन दिएको पुबुदुले दोस्रो पटक पनि नेपाली टोली सम्हाल्न चासो देखाए । उनी नेपाली टोलीको प्रशिक्षकामा नियुक्त भए ।  सन् २०१४ मा विश्वकप क्रिकेट खेलाएका पुबुदुले दोस्रो पटक पनि नेपाललाई विश्वकप खेलाउने जिम्मेवारी पाए । तर, उनी आफ्नो दोस्रो इनिङ्समा सफल हुन सकेनन् । तर, नेपालको एकदिवसीय मान्यता जोगाइराख्न र सन् २०२४ मा नेपालाई विश्वपक खेलाउने उनलाई मौका छ । पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए ।

राष्ट्रिय क्रिकेट टोलीमा १२ खेलाडीले डेब्यू गरेको वर्ष

राष्ट्रिय क्रिकेट टोलीमा वर्ष २०७८ मा १२ खेलाडीले डेब्यू गरे । जसमा चार खेलाडीले एकदिवसीय र टी–ट्वान्टी डेब्यू गरे त्यस्तै पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यू गरे ।  एकदिवसीय क्रिकेटमा मात्र डेब्यू गर्ने खेलाडीको सख्या  तीन रह्यो ।

वैशाखमा त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा डेब्यू गरेका कुशल भुर्तेल र आसिफ शेख हुन् । दुबै खेलाडीलाई वाटमोरले डेब्यू गराएका हुन् । दुबै खेलाडी नेपाली क्रिकेटमा ओपनरको आवश्यक्ता पूर्ती गर्ने बलियो माध्यम बने ।

नेपालका लागि डेब्यू गरेका खेलाडी मध्य सफल डेब्यू पनि हो । कुशल र आसिफले भदौमा आईसीसी विश्वकप लिग टू मार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरे ।

नेपालका लागि स्पिनर सागर ढकाल र तिव्र गतिका बलर गुलशन झाले दुवै फर्मयाटमा डेब्यू गरे । नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गर्ने खेलाडीमा लोकेश बम, दिलिप नाथ, शाहब आलम, विवेक यादव र आदिल अन्सारी रहे ।  विक्रम सोब र भीम सार्कीले एकदिवसीय क्रिकेटमा डेब्यू गरे ।

वर्ष २०७८ सालमा नेपालको नतिजा

बैशाख महिनामा घरेलु मैदानमा खेलेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले पाँच खेल खेल्दा नेदरल्यान्डलाई तीन खेलमा पराजित गर्यो । त्यस्तै मलेसियालाई दुई खेलमा पराजित गर्न सफल भयो ।

त्यस्तै भदौ नेपाल र पीएनजीले दुई एकदिवसीय खेले । जसमा नेपले दुबै खेलमा सहज जित निकाल्न सफल भयो । भदौमा नै नेपालले ओमान र अमेरिकासँग लिग टू अन्तर्गत चार खेल खेल्यो । जसमा नेपाल दुई खेलमा जित निकाल्न सफल भयो भने दुई खेलमा पराजित भयो । अमेरिका र ओमानसँग एक खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भयो ।

नेपालले फागुनमा ओमानमा चार देशीय टी–ट्वान्टी सिरिज खेल्यो । जसमा नेपालले एक खेलमा ओमान जित निकाल्यो भने यूएई र आयरल्यान्डसँग पराजित हुन पुग्यो ।

त्यसको एक साता मै नेपाले आईसीसी टी–ट्वान्टी ग्लोबल क्वालिफायर ‘ए’ अन्तर्गत चार खेल खेल्यो । जसमा नेपालले ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गर्यो भने सेमिफाइनलमा यूएईसँग पराजित भयो । अन्तिम खेलमा ओमानलाई ९ विकेटले हरायो ।

त्यसपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा चार खेल खेल्यो । दुई खेलमा पीएनजीलाई पराजित गरेको नेपालले यूएईसँग दुई खेलमा हारको नतिजा व्यहोर्यो ।

त्यसपछि नेपालले घरेलु मैदानमा एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्यो । पीएनजी विरुद्ध एकदिवसीय सिरिज गुमाएको नेपालले त्रिकोणात्मक टी–ट्वान्टी श्रृखलामा भएको पाँच खेलमा नेपालले जित निकाल्दै सिरिज जित्यो ।  जसमा दुई खेलमा मलेसियालाई हरायो भने तीन खेलमा पीएनजीलाई हरायो ।

करणको ह्याट्रिक र सन्दीको ५० विकेटदेखि दिपेन्द्र र रोहितको कीर्तिमान

नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने खेलाडीको रुपमा जोडिय रोहित कुमार पौडेल उनले नेपालका लागि पीएनजीविरुद्ध घरेलु मैदानमा शतक प्रहार गरे । पारस खड्का पछि नेपालका लागि एक दिवसीयमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । उनीसँगै घरेलु मैदानमा भएको सिरिजमा दिपेन्द्रले पनि शतक प्रहार गरे ।

त्यस्तै दिपेन्द्रले टी–ट्वान्टीमा शतक प्रहार गरे । उनले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा मलेसियाविरुद्ध ११० शतकीय पारी खेले । यसै वर्ष सन्दीप लामिछानेले आफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे ।

उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेट खेलाडी हुन् । उनले २२ इनिङ्समा ५० विकेट लिएका थिए । यसै वर्ष करण केसीले ह्याट्रिक लिए । उनले पीएनजीविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक पूरा गरे । उनले ह्याट्रिक सहित एकै खेलमा ५ विकेट पनि लिए ।  एकै खेलमा ह्याट्रिक सहित पाँच विकेट लिने उनी नेपालका पहिलो खेलाडी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप