गृहमन्त्री खाण र जनमत पार्टीका महासचिव सिंहबीच भेटवार्ता
बुधबार, ३० चैत २०७८, १७ : ३४
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा वि.सं. २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालिन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे । स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाणले बताए ।
त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको छ । गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन