सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निर्वाचनको घोषणापत्र र चुनावी तालमेलमा काँग्रेस बैठक केन्द्रीत

बुधबार, ३० चैत २०७८, १७ : ०२
बुधबार, ३० चैत २०७८

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।

उनले भने, ‘केही दिनभित्रै घोषणापत्र आउँछ । अब त्यसको मस्यौदा करिब–करिब तय भइसकेको छ । मस्यौदा तयार भइसकेको छ । आज यो घोषणा पत्रको विषय पनि होला । गठबन्धन तालमेलको कुरा यसभन्दा अघिको कार्य समिति बैठकमा जुन पास गरेको थियो । त्यसलाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरा हिजो गठबन्धनबीच मोटामोटी सहमति भएको छ । त्यस विषयमा पनि जानकारी दिने कुरा होला । अव हामीसँग धेरै दिन छैन । ३ गतेभित्र कुन–कुन दलले के पाउने टुंगो लागेपछि आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने हुन्छ । त्यसमा जनाधारलाई मुल आधार बनाइएको छ ।’

नेपाली काँग्रेसले यसवर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र गर्ने कामबारे जनतालाई सशक्त ढंगले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यस वर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप