आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा नयाँ पुस्तक, प्रज्ञामा पुस्तक प्रदर्शनी

बिहीबार, २४ चैत २०७८, १८ : २०
बिहीबार, २४ चैत २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । बिहीवार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गरे । सो अवसरमा कुलपति उप्रेतीले पठन संस्कृतिको विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए । 

उप्रेतीले भने, “प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिका एकै ठाउँमा उपलब्ध हुनेछन् । यसैले पनि प्रज्ञाको पुस्तक प्रदर्शनी विशेष छ ।”
दुई सातासम्म चल्ने पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकसमेत उपलब्ध हुनेछन् । आयोजकका अनुसार सार्वजनिक विदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप