तस्बिरमा हेर्नुहोस् काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
बुधबार, ३० चैत २०७८, १६ : १२
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल हुने काँग्रेसले जनाएको छ ।
यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बताइएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काँग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको मय भएकाले संसदीय समिति गठन गर्नैपर्ने काँग्रेसलाई बाध्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी