नेप्सेमा ३० अंकको सुधार, तर कारोबार घट्यो

साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन पनि जम्मा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३४.७८ अंकले घटेको बजारमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २.१४ प्रतिशतले बढेको बजारमा सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । यस दिन अन्य समूहको उपसूचक २.२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.५८ प्रतिशतले र विकास बैंक समूहको १.५३ प्रतिशतले बढेको छ ।
यस्तै, बैंकिङ समूहको १.११ प्रतिशतले, निर्जीवन बीमा समूह १.१७ प्रतिशतले, म्यानु एण्ड प्रो १.१२ प्रतिशतले जीवन बीमा समूहको उपसूचक ०.७३ प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा बढी नेष्ठो लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले आज २.०८ प्रतिशतले गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम