शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ३० अंकको सुधार, तर कारोबार घट्यो

बुधबार, ३० चैत २०७८, १५ : ३६
बुधबार, ३० चैत २०७८

साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन पनि जम्मा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३४.७८ अंकले घटेको बजारमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २.१४ प्रतिशतले बढेको बजारमा सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । यस दिन अन्य समूहको उपसूचक २.२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.५८ प्रतिशतले र विकास बैंक समूहको १.५३ प्रतिशतले बढेको छ । 

यस्तै, बैंकिङ समूहको १.११ प्रतिशतले, निर्जीवन बीमा समूह १.१७ प्रतिशतले, म्यानु एण्ड प्रो १.१२ प्रतिशतले जीवन बीमा समूहको उपसूचक ०.७३ प्रतिशतले बढेको छ ।  यसदिन सबैभन्दा बढी नेष्ठो लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले आज २.०८ प्रतिशतले गुमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप