नाइजेरियामा आक्रमणबाट २३ को मृत्यु
मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए । उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए । बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताएका छन् । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो ।
सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ । एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बल्ल बिजुली बस
-
ला लिगामा भियारियालको शानदार जित
-
प्रिमियर लिगमा चेल्सी लयमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्यको भाउ कति ?
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म