सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा सम्पन्न
बुधबार, ३० चैत २०७८, १४ : ५९
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे ।
जसअनुसार आ.व.२०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन देखिएको छ भने चालु आ.व.को साधारण सभाको दिन सम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरेको छ ।
सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडको १५ प्रतिशत बोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव समेत पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की