राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति
राप्रपा नेपालका उम्मेदवारले आगामी स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार पार्टीको तर्फबाट उम्मेदवार हुनेहरु निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने छन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन्’, सहमतिबारे जानकारी दिँदै उनले रातोपाटीसँग भने, ‘निजहरु निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहनेछन् ।’
सहमतिअनुसार देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाइनेछ । यस्तै राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारहरूलाई सघाउनेछ भने राप्रपा नेपालका उम्मेदवारहरू भएको ठाउँमा एमालेले उम्मेदवार नउठाइ सहयोग गर्नेछ ।
एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफनो पार्टी केन्द्रमा पठाउने गरी सहमति भएको श्रेष्ठले जानकारी दिए । केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमतिमा भनिएको छ ।
सहमतिपत्रमा एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री श्रेष्ठले हस्ताक्षर गरेका छन् । आज भएको वार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण