शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पोखराको मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान

बुधबार, ३० चैत २०७८, १४ : ३३
बुधबार, ३० चैत २०७८

आसन्न स्थानीय निर्वाचन अन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।

मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम सिफारिस भएको छ ।

उपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाअध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दावेदार छन् । आज ४ बजेट उनीहरूबीच प्रतिस्पर्धा हुने र मतदानमार्फत टुंगो लगाइने एमाले पोखराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप