रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : वार्ता टोलीका संयोजक
रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् ।
रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरूका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।
अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए । उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरूलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेशिया बन्यो ब्रिक्सको पूर्ण सदस्य
-
विमानस्थलबाट सुनसहित एक जना पक्राउ
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित
-
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो