फिलिपिन्समा बाढीको वितण्डा : ५३ जनाको मृत्यु
बुधबार, ३० चैत २०७८, १४ : १७
मनिला–फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको सख्ंया बढ्ने अनुमान गरिएको छ । बाढी पहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन् ।
पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन् । कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन् ।
पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन् ।
बाढीपहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ । दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत