मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ
बुधबार, ३० चैत २०७८, १३ : ४५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।
विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या