एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने आशय व्यक्त गरे ।
‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने, ‘त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन, तपाईंहरुबाट सुनेको हुँ, त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’
ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्टबिनमा फाल्नुपर्ने बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ,’ उनले भने । उनले दुई चार जना, दुई चार जनाको पार्टी एकातिर वृहत एमाले एकातिर भएर चुनावमा लड्ने बताए । उनले राप्रपा वा अन्य दलसँग पनि निर्वाचनमा मिलेर जान सकिने बताए ।
विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधानअनुसार हुनैपर्नेमा जोड दिए । ‘विप्लवलाई चुनावमा सहभागी हुन अपिल गरेका छौं । चुनाव सार्ने, गठबन्धनवालाहरुको षड्यन्त्र असफल भएको थियो फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका लागेर मैले त्यस्तो अपिल गरेको हुँ,’ उनले भने, ‘लोकतन्त्रका लागि संविधानअनुसार निर्वाचन हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’