सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा जिप दुर्घटना, चालकको मृत्यु

बुधबार, ३० चैत २०७८, १३ : ००
बुधबार, ३० चैत २०७८

बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामन डाँडाका ५० वर्षीय जयबहादुर सार्की रहेका छन् । 

आज बिहान पौने ७ बजे बामन डाँडाबाट मौरी बजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको थियो ।  जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप