शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा २४ वर्षीया युवती बलात्कृत

बुधबार, ३० चैत २०७८, १२ : ४४
बुधबार, ३० चैत २०७८

सुर्खेतमा २४ वर्षीय युवती  बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । 

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो ।  घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप