शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो जितको खोजीमा मुम्बई

बुधबार, ३० चैत २०७८, १२ : ०२
बुधबार, ३० चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।

पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । पन्जाबले ४ खेलमा ४ अङ्क जोडेको छ । पन्जाब सातौँ स्थानमा रहेको छ । यता मुम्बई अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । दुई टोलीबीचको पछिल्लो पाँच खेलमामा मुम्बईले ३ खेलमा जित निकालेको छ । दुई खेलमा पन्जाबले बाजि मारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप